चितवन । मौवाखोला नजिक अनियन्त्रित भई मिनीट्रक सडकबाट तल खस्दा चालक र सहचालक घाईते भएका छन । घाईते हुनेमा चालक वेनिघाट रोराङ गाउंँपालिका वडा नम्बर ९ का दिपेश तामाङ र सोही ठाउंँका सहचालक आकाश चेपाङ रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार राती पौने १२ बजे धादिङ्गबाट मुग्लिनतर्फ आउंंँदै गरेको प्रदेश ३–०१००६ ख १३८२ नम्बरको तरकारी लोड भएको मिनी ट्रक मौवाखोला नजिक अनियन्त्रित भई ३० मिटर तल खस्दा दुईजना घाईते भएका हुन् । घाईते दुबैलाई उपचारको लागि भरतपुर तर्फ पठाईएको छ । तामाङ्गको टाउकोमा चोट लागेको छ भने चेपाङ्गलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु