चितवन । चुनावी सभालाई सम्बोधन गर्न सत्ता गठबन्धनको चार दलका प्रमुख नेता चितवन आउदैछन । बैशाख १० गते हुने उपनिर्वाचनको सन्दर्भमा गठबन्धनका तर्फबाट उमेदवार बनेका जितनारायण श्रेष्ठलाई जिताउन कार्यकर्तालाई सम्बोधन गर्न पार्टिका प्रमुख सहित मुख्य नेता पदम पुर आउन लागेका हुन । बैशाख ७ गते बिहिवार दिउँसो ३ बजे कालिका नगरपालिका ४ पदमपुर स्थित क्याम्पसको फुटबल मैदानमा चार दलिय गठबन्धनको चुनावी सभा हुदैछ । सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथिको रुपमा आउदै छन ।
सभालाई नेपाली काग्रेस काङ्ग्रेसका सभापति शेर बहादुर देउवा , नेकपा समाजबादीका अध्यक्ष माधवकुमार नेपाल , जनता समाजबादीका अध्यक्ष एवं पुर्ब प्रधानमन्त्री Dr बाबुराम भट्टराईले सम्बोधन गर्डैछन । उनिहरु बाराबाट चितवन आउदैछन । त्यस्तै नेपाली काङ्ग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मा , नेता शेखर कोइरालाले सम्बोधन गर्नेछन । कार्यक्रमको सबै तयारी पूरा भएको नेपाली काङ्ग्रेस चितवनका सचिब सुर्य अर्यालले बताए ।