काठमाडौँ, सुनसरीको इटहरी स्थायी घर भइ हाल ललितपुरको पाटन बस्दै आएकी बाल गायिका परिस्ना वास्तोला साङ्गीतिक क्षेत्रकी त्रिवेणी बनेर उभिएकी छन् । सानै उमेरमा नृत्य, गायन र मोडलिङलाई एक साथ अघि बढाउँदै आएकी परिस्ना कोरियामा सञ्चालित ‘के पप आइडल’ बन्ने धोको बोक्नुभएको छ ।
कक्षा सातमा पढ्ने ११ वर्षकी बाल गायिका परिस्ना अहिले हिमालयन टेलिभिजनको रियालिटी शो ‘द भ्वाइस किड्स’ नेपालमा प्रतिष्पर्धी हुनुहुन्छ । उहाँले उक्त ‘शो’को ‘व्ल्याइन्ड र व्याटल राउण्ड’ जितेर टप २४ भित्रमा हुनुहुन्छ । अब भने आजबाट भोटिङ राउण्ड शुरु हुने भएकाले उहाँले अहिले भोटिङका लागि आम दर्शकहरुमाझ अनुरोध गर्ने अभियानमा लाग्नुभएको छ । जसको भोट बढी आउँछ अब उही नै अघि बढ्ने भएकाले पनि उहाँको जीत दर्शकको हातमा हुनेछ ।
परिस्ना वास्तोला जिताउ अभियानद्धारा आज काठमाडौँमा भएको पत्रकार भेटघाटका क्रममा परिस्नाले भन्नुभयो, “म गीत सङ्गीतबाट भविश्यमा नेपालको नाम राख्ने इच्छा छ, त्यसैले मलाई भोट गरी सहयोग गर्नुहुन सबैमा अनुरोध गर्छु, त्यसका लागि खल्ती ‘एप’मार्फत टिम सुशान्त केसी भित्र गएर मलाइ भोट गर्न सक्नुहुन्छ ।
उहाँ शुरुमा नृत्य र मोडलिङ गर्दै आउनुभएको थियो । त्यसमा विभिन्न प्रतिष्पर्धामा जितसमेत हासिल गरिसक्नुभएको छ । अहिले गीतमासमेत शोख बढ्दै गएकाले उनको इच्छा अनुसार ‘द भ्वाइस किड्स’मा सहभागी भएर कला प्रस्तुत गर्न सफल भएको बुबा निर्मला वास्तोलाले बताउनुभयो । उहाँले भन्नुभयो, “उनको आफ्नै क्षमताले यहाँसम्म आइन्, अब आम दर्शकको सहयोगको खाँचो छ, भोट दिएर सहयोग गर्नुहुन अनुरोध छ ।’
शुक्रबारको पत्रकार भेटघाटका क्रममा कोरियोग्राफर दिक्पाल कार्की र सामाजिक अभियानकर्मी तेजराज भूजेलले कला र गलाकी धनी साङ्गीतिक क्षेत्रकी त्रिवेणी परिस्नाको गीत सङ्गीतको भविश्य उज्ज्वल रहेको र अहिले भने आम–दर्शकको खाँचो रहेको बताउनुभयो । कार्कीले परिस्नामा गीतका साथै होष्ट गर्ने क्षमता, नृत्य र क्याटवाकसहितको मोडलिङको राम्रो ज्ञान रहेको बताउनुभयो ।
उहाँले तीन वटा भिडियोमा मोडलिङ समेत गरिसक्नुभएको छ । बुबा निर्मलले परिस्नाले आफ्नै विद्यालयबाट स्टार स्टुडेन्ट अवार्डसमेत प्राप्त गरिसकेको बताउनुभयो ।












