चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ मा २२ दिने कपाल काट्ने तालिम सम्पन्न भएको छ । वडामा आयोजित एक कार्यक्रमका बीच तालिमको समापन गरिएको छ ।
। वडाले युवाहरुलाई स्वरोजगार बनाउने उद्धेश्य सहित कपाल काट्ने आधारभुत तालिम दिएको हो ।
तारा व्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको सहकार्यमा पहिलो चरणमा ८ जना वडाका युवाहरुलाई तालिम दिईएको अध्यक्ष मनोज रानाभाटले जानकारी दिनुभयो । ‘हामीले देशमै केही गरौं भन्ने युवालाई लक्षित गरी तालिम दिएका हौं, यसले त्यस्ता युवाहरुको परिवारलाई आयआर्जनमा जोड्न पनि मदत पुग्छ ।’ अध्यक्ष रानाभाटले भन्नुभयो ।
रानाभाटका अनुसार तालिम लिएका मध्ये दुईजना युवालाई यो आर्थिक बर्षमा पसल सञ्चालन गर्न सैलुनमा चाहिने सामाग्री पनि निशुल्क उपलब्ध गराईनेछ । ‘यो आर्थिक बर्षमा यो वडामा पसल गर्न चाहने दुईजना युवालाई सैलुनमा चाहिने सबै सामाग्री उपलब्ध गराउंँछौ उहांँले भन्नुभयो, अर्कोबर्ष फेरी अन्य युवालाई दिनेछौं । ’तालिममा ट्रेनिङ्ग सेन्टरका तारा गुरुङ्ग र सन्तोष ठाकुरले प्रशिषण दिनु भएको थियो ।
सो अवसरमा बोल्दै प्रशिक्षक स ठाकुरले तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई सैदान्तिक तथा व्यवहारिक तालिम दिएको बताउनु भयो । प्रशिक्षक ठाकुरले वडा नम्बर २ मा रहेका सरकारी तथा नीजि विद्यालयका विद्यार्थीहरुको कपाल काटिएको जानकारी दिनुभयो ।
प्रशिक्षार्थी दिपक तामाङ्गले यही पेशा अपनाउन तालिम लिएको बताउनुभयो । आगामी दिनमा वडाबाटै एडभान्स तालिम पाउने अपेक्षा गरेको उहाांको भनाई थियो । तालिममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । वडा सदस्य बेलपत्र श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको कार्यक्रम वडा सचिव सचीव तारा लम्सालले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा वडा सदस्यहरु परशुराम पौडेल, बलराम सिटौला, उर्वशी गोतामे, वडाका कर्मचारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम वडा अध्यक्ष मनोज रानाभाटको सभापतित्वमा सम्पन्न भएको हो ।