चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मनोज रानाभाटले आफ्नै पैसाले कुखुराका चल्ला वितरण गर्नुभएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत वडामा रहेका न्युन आय भएका परिवारलाई प्रतिघर १० देखि २५ वटा चल्ला बांड्नु भएको हो ।
रानाभाटकै रोयल पोल्ट्री ब्रिडिङ्ग एण्ड कृषि फार्मको १५ औं स्थापना दिवसको अवसर पारेर १० हजार गोटा चल्ला वितरण गरिएको उहांँले जानकारी दिनु भयो । ‘ म एउटा व्यवसायी , किसान पनि हुंँ । मेरो फार्मबाट निकालिएको चल्ला वितरण गरेको हुंँ, आंपटारीका न्यून आय भएका परिवारलाई आयआर्जनका लागि दिएको हुंँ । रानाभाटले भन्नुभयो । ‘पहिलो चरणमा तीनवटा टोलका करीब ४००
बढी घरधुरीलाई बांँडिएको र आगामी दिनमा थप घरधुरीलाई बाड्दै जाने उहांँले बताउनु भयो । बिशेषगरी गृहणी महिलाको दैनिकीलाई सहयोग पुगोस भन्ने हेतुले चल्ला वितरण गरिएको रानाभाटको भनाई छ । स्थानीय बीर बहादुर तामाङ्गले चल्ला पाएपछि आफु निकै खुशी भएको र यसले आफ्नो दैनिकीमा सहयोग पुग्ने बताउनु भयो । वडाअध्यक्षको कामको प्रशंसा गर्दै उहांँले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो । यसअघि पनि रानाभाटको नेतृत्वमा यस टोलमा राहत वितरण गरिएको थियो ।
चल्ला वितरण कार्यक्रममा वडा सदस्य, टोलसुधारका प्रतिनिधि, समाजसेवी, अगुवा लगायतका सहभागिता रहेको थियो ।