चितवन । असार २०, भरतपुर महानगरपालिका वडा नम्बर २३मा विपद व्यवस्थापन तालिम दिईएको छ । विपदबाट धनजनको क्षति न्यूनिकरण गर्ने उद्धेश्य सहित २० जना स्थानीयलाई तालिम दिईएको हो ।
वडाको आर्थिक सहयोग र शसस्त्र प्रहरीबल, १७ न. बाहिनीको प्राविधिक सहयोगमा सैद्धान्तिक तथा व्यवहारिक तालिम दिईएको हो । भरतपुर महानगरपालिकाको यो वडा विपदको उच्च जोखिममा रहेकोले यस तालिमलाई प्राथमिकता दिईएको वडा अध्यक्ष दिपक दवाडीले जानकारी दिए । ’यो वडा बाढी, आागलागी, जंगली जनावरको ठूलो जोखिम छ, अध्यक्ष दवाडीले भने, प्राथमिक उद्धार स्वयं स्थानीयले नै गर्न सकुन भन्ने हाम्रो उद्धेश्य हो ।‘
१८ दिने तालिम पश्चात वडाले यी तालिमप्राप्त प्रशिक्षक प्रशिक्षार्थीलाई अन्य वडामा पनि सहयोग र उद्धार गराईने अध्यक्ष दवाडीको भनाई छ । ’बर्षायाम शुरु भएसंँगै सायद बाग्मती प्रदेशमा हामीलेनै पहिलो तालिम दिएका छौं, दवाडीले भने, केही दिनमा हामीले तालिमको औपचारिक समापन गर्दैछौं ।‘ शसस्त्रबल प्रहरी बल , आंँपटारीका प्रहरी उपरीक्षक धिरेन्द्र तिमिल्सिनाले समुदायमा आधारित विपद व्यवस्थापन तयारी तालिम शसस्त्रले तालिम दिंँदै आएको बताए । ’तालिमबाट हरेक किसिमका तालिम र टेक्निक सिकाईएको हुन्छ, प्रहरी उपरीक्षक तिमिल्सिनाले भने, यसले क्षतिपनि न्यून हुन्छ र सुरक्षाकर्मीलाई पनि मदत पुग्छ ।’ प्रशिक्षार्थीलाई सैद्धान्तिक तथा व्यवहारिक तालिम दिईएको थियो ।
तालिममा आगलागी, किचनमा ग्यांँस चुहावट, बाढीमा फसेका, रुखबाट खसेका घाईतेहरुलाई गरिने उद्धार लगायतका तालिम दिईएको प्रनाउ मनोज गुरुङ्गले बताए । ‘यो तालिम प्रशिक्षार्थी आफैंपनि कसरी बच्न सकिन्छ र अरुलाई पनि कसरी बचाउन सकिन्छ भनेर सिकाईएको छ ,उनले भने, यस तालिमले तत्काल हुने ठूलो धनजनको क्षति कम गर्छ ।’ अभ्यास लक्ष्मी माविको परिषरमा गरिएको थियो । वडाले यसअघि पनि यस्ता तालिमहरु दिदै आएको छ । ,