चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनमा भोलि मंगलबार ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिलाई प्रत्यक्ष भेट्न पाइने भएको छ । वर्षकै ठूलो शैक्षिक मेला ‘द एक्सपर्ट एज : ग्लोबल एजुकेशन एक्सपो’ मा पाँच देशबाट ती युनिभर्सिटी तथा कलेजका प्रतिनिधि उपस्थिन हुने छन् ।
भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा हुने उक्त मेलामा अष्ट्रेलिया, क्यानडा, युके, न्युजिल्याण्ड र अमेरिकाका सर्वोत्कृष्ट युनिभर्सिटी तथा कलेजका प्रतिनिधि आउने छन् । बिहान १० देखि दिउँसो ३ बजेसम्म चल्ने मेलामा विद्यार्थीहरूले प्रत्यक्ष कुराकानी गरेर वैदेशिक अध्ययन र भिजा प्रोसेसिङका बारेमा सबै जानकारी लिन सक्ने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीका लागि मेला फलदायी हुनेछ । यति धेरै प्रतिनिधि सहभागी हुने यो मेला वर्षकै ठूलो भएको उहाँले बताउनुभयो । ‘युनिभर्सिटीका प्रतिनिधिबाट प्रत्यक्ष लिइएको जानकारी आधिकारिक र प्रभावकारी हुने भएकोले उपस्थित भएर मौकाको फाइदा उठाउन आग्रह गर्दछु’–अधिकारी भन्नुभयो ।
एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।