चितवन । गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्रालिले भरतपुरले आयोजना गरेको कोरीया ग्राण्ड सेमिनारमा ३ सय बढी विद्यार्थीले परामर्श लिएका छन । क्युङसुङ युनिभर्सिटी संँगको सहकार्यमा आयोजित सेमिनारमा कोरीया गएर उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुले युनिभर्सीटिकै प्रतिनिधिहरुसँग परार्मश लिएका हुन ।
सेमिनारमा युनिभर्सिटीका डिन, भाइस डिन, म्यानेजर, जनरल म्यानेजर लगायतको प्रतिनिधिहरुले बिद्यार्थीहरुसँग प्रत्यक्ष परामर्श दिएको गोल्डेन इमिनेन्टका प्रवन्ध निर्देशक प्रकाश क्षेत्रीले जानकारी दिनुभयो ।
कोरीयामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागी सहज रूपमा सवै जानकारी गराउने उदेश्यका साथ सेमिनार आयोजना गरिएको हो । उहाँले चितवनमा यस्तो महत्वपुर्ण सेमिनार पहिलो पटक आयोजना गरीएको बताउनुभयो ।
सेमिनारमा अध्ययन हुने कोर्ष, लाग्ने खर्च, लाग्ने समय, प्रकृया तथा आवश्यक डकुमेन्टहरु, छात्रवृत्तिको अवस्था लगायतका सम्पुर्ण विषयमा जानकारी दइएको थियो भने सहभागी विद्यार्थीहरुले युनिभर्सिटिकै प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा जिज्ञासा राखेका थिए ।
सेमिनारमा स्पट एड्मिसन, शतप्रतिशत छात्रवृत्ति, विशेष अफर
सेमिनारमा बिद्यार्थीहरुलाई स्पट एड्मिसनको ब्यबस्था समेत गरिएको थियो । यस्तै सेमिनार मार्फत भर्ना हुने बिद्यार्थीहरुलाई बिषेस अफर पनि रहेको थियो । ३ जना भाग्यशाली विद्यार्थीलाई ५०,००० क्यासब्याक, २ जना विद्यार्थीका लागि निःशुल्क हवाई टिकट, १० जना विद्यार्थीका लागि निःशुल्क एयरपोर्ट पिकअप र पहिलो ५० जना विद्यार्थीका लागि निःशुल्क आवेदन शुल्कको अफर राखिएको थियो । ब्याच्लर तथा मास्टर्स अध्ययनका लागि बिभिन्न कोर्सहरुमा ३० देखि शतप्रतिशतसम्म छात्रवृत्तिको ब्यबस्था रहेको थियो ।
यस्तै साउन ३० गते बुटवलमा पनि सेमिनार हुँदै छ । मिलनचोकस्थित दियालो फुडल्याणडमा सञ्चालन हुने सेमिनार विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने प्रबन्ध निर्देशक रिजालले बताउनु भयो । यसअघि काठमाण्डौमा सम्पन्न सेमिनारमा २ सय बढी विद्यार्थी सहभागी भएका थिए ।