चितवन । विगत १५ बर्षदेखि उच्च शिक्षा अध्ययनको लागि उत्कृष्ट गन्तव्य भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित युटेक कलेज हो । सयौं विद्यार्थीलाई दिक्षीत गर्न सफल युटेक कलेजले गुणस्तरीय शिक्षा र भौतिक पूर्वाधारमा आफूलाई अब्बल सावित गरेको छ । चितवन लगायत अन्य छिमेकी जिल्लाका लागि पढ्नकै लागि काठमाडौं जाने बाध्यताको अन्त्य गरेको । दक्ष तथा अनुभवी शिक्षकद्धारा इञ्जिनियरिङ संकाय लगायतका थप संकायमा अध्ययन अध्यापन गर्दै आईरहेको छ ।
पोखरा विश्वविद्यालयबाट अनुमति प्राप्त भरतपुर–११ मा रहेको यस कलेज सन् २०१० देखि निरन्तर इन्जिनियरिङ विषय मात्रै अध्यापन गराउँदै आएको हो ।
अहिले कक्षा १२ उत्तीर्ण गरेर बसेका विद्यार्थीहरुका लागि स्नातक तहमा ४ वर्षे बीइ कार्यक्रममा भर्ना खुलेको छ । इन्जिनियरिङ अध्ययनमा छनोट हुन लागिका लागि यही भदौं ११ गते दिउँसो २ बजे प्रवेश परीक्षा राखिएको युटेक कलेजका प्रमुख प्रशासकीय अधिकृत विनोद ढकालले जानकारी दिए । उनका अनुसार प्रवेश परीक्षाका लागि धेरै विद्यार्थीहरुले फारम भरेका छन् । प्रवेश परीक्षामा उत्तीर्ण भएपछि सिट संख्याको आधारमा भर्ना प्रक्रिया सुरु हुने ढकालले जानकारी दिए । यस कलेजले इन्जिनियरिङमा स्नातकोत्तर (मास्टर्स) समेत अध्यापन गराउँदै आएको छ । चितवनमा यही कलेजले नै पहिलोपटक इन्जिनियरिङमा स्नातकोत्तर (मास्टर्स) पढाउन थालेको हो । यस कार्यक्रम अन्तरगत २ वर्षे कन्सट्रक्सन म्यानेजमेण्ट कोर्षमा अध्यापन हुँदै आइरहेको छ । यस तहमा पढ्नका लागि १५ जनाको मात्रै सिट संख्या रहेको छ ।
युटेक कलेजमा अहिले बी.इ.कार्यक्रम अन्तरगत चार वटा कोर्षमा अध्यापन हुँदै आइरहेको छ । बीइ इन सिभिल इन्जिनियरिङ, बीइ इन इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्स इन्जिनियरिङ र बीइ इन कम्प्युटर इन्जिनियरिङ र बीइ इन्फरमेशन टेक्नोलोजी (आइटी) इन्जिनियरिङ गरी यी चार कोर्षमा अध्ययनका लागि अहिले भर्ना खुलेको छ । सिभिल इन्जिनियरिङमा ९६, इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्समा ४८, कम्प्युटर इन्जिनियरिङमा ४८ र आइटी इन्जिनियरिङमा ४८ जनाको सिट रहेको छ । आइटी इन्जिनियरिङ चितवनमा पहिलो र एक मात्र युटेक कलेजमा पढाई हुन लागेको हो ।
कलेजले विद्यार्थीहरुको सहजताको लागि विभिन्न प्रकारका छात्रवृत्ति समेत घोषणा गरेको छ । विभिन्न कोर्षमा १५ प्रतिशतसम्म छुटको सुविधा दिइएको छ भने कक्षा १२ मा ४ जीपीए अंक ल्याएका विद्यार्थीहरुलाई भर्नामा ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको कलेजका प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए । यस कलेजले विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि अनुसन्धानमुलक शिक्षालाई पनि विशेष जोड दिएको छ ।
यस्तै ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट विषयमा पनि यहाँ मास्टर्सको अध्यापन हुँदै आइरहेको छ । दुई वर्षे ट्रान्सपोटेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट विषयका लागि ३० सिट संख्या रहेको छ । यी दुवै कार्यक्रमहरु चितवनमा युटेक कलेजमा मात्रै अध्यापन हुँदै आइरहेको छ । मास्टर्समा वर्षमा दुई पटक भर्ना खुल्ने गरेको ढकालले बताए ।