काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि सत्सङ्ग नेपालले रु १० लाख सहयोग उपलब्ध गराएको छ ।
राष्ट्रियसभा सदस्यसमेत रहनुभएका सत्सङ्ग नेपालका अध्यक्ष कृष्णप्रसाद सिटौलासहितको टोलीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई उक्त सहायता रकम हस्तान्तरण गरेको हो । सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पनि उपस्थिति थियो ।
केही साता अघिको वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त सहायता रकम उपलब्ध गराइएको सत्सङ्ग नेपालले जनाएको छ । रासस
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु