चितवन । भरतपुर–१० स्थित बोस्टन इन्टरनेशनल कलेजकी छात्रा सिमरन अर्यालले चौथो गोल्ड मेडल प्राप्त गरेकी छिन ।
पोखरा विश्वविद्यालय अन्तर्गत बीबीए–बीआई कार्यक्रममा अध्ययनरत िअर्यालले हालै प्रकाशित नतिजामा सर्बोत्कृष्ट नतिजा हासिल गरेकी हुन ।
उक्त नतिजा सहित उनी कलेजको तर्फबाट बिश्वबिद्यालयकै चौथों गोल्ड मेडलिस्ट बन्न सफल भएकी कलेजका प्राध्यापक पुष्पराज अधिकारीले जानकारी दिए । । यस अघि यस कलेजमा अध्ययनरत तीन विद्यार्थीले गोल्ड मेडल प्राप्त गरिसकेका छन ।
प्राध्यापक अधिकारीका अनुसार कलेजको १७ बर्षको लामो शैक्षिक यात्रामा कलेजले १३६ जना डिनलिष्ट सहित स्नातकोत्तरमा ९२ प्रतिशत र स्नातकमा ८९ प्रतिशत औसत सफलता पाइसकेको छ र आगामी दिनमा यसलाई बढाउदै लगिनेछ ।कलेजले अर्याललाई आइतबार कलेज परिषरमा सम्मान गरेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु