काठमाडौं। नेपालको प्रख्यात अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाईफ स्टाइलले रंगहरूको पर्व होलीलाई लक्षित गर्दै ‘होलीको उमंग अल्टिमा सँग ’ नामक विशेष अभियान घोषणा गरेको छ।
यस अभियानमा कम्पनीले आफ्ना उत्पादनहरुमा ६० प्रतिशत सम्म छुट दिने जनाएको छ ।
कम्पनीका अनुसार स्पिकरहरूमा विशेष मूल्य र कार्ट छुटबाहेक कम्पनीका विभिन्न उत्पादनहरूमा ६० प्रतिशतसम्म छुट उपलब्ध हुने छ। स्पिकर, इयरबड्स, स्मार्टवाच तथा पावर बैंक लगायतका उत्पादनहरूमा आकर्षक मूल्य लागू गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उक्त अभियान १० फाल्गुनदेखि १७ फाल्गुनसम्म देशभर सञ्चालन हुनेछ।
यस अभियान अन्तर्गत स्पिकरहरूमा बर्षकै सबैभन्दा ठूलो मूल्य छुट, आकर्षक स्पिन द व्हील (कउष्ल तजभ धजभभ ि) अफर तथा नयाँ आफ्नो कार्टलाई रंगीन बनाउने (ऋययिच थ्यगच ऋबचत) सुविधा समावेश गरिएको छ। यस योजनामार्फत देशभरका ग्राहकहरूलाई विशेष छुटसहित उत्साहपूर्ण किनमेल अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ।
होलीको उमङ्गसँगै विशेष अफर
होली पर्वको उत्साहलाई ध्यानमा राख्दै कम्पनीले प्रविधि, उत्सव र किफायती मूल्यलाई एउटै रंगीन किनमेल अनुभवमा जोड्ने प्रयास गरेको जनाएको छ। अभियानअन्तर्गत ठूला छुट, खेलजस्तै रमाइलो किनमेल अवसर तथा ग्राहक–मैत्री मूल्य समावेश गरिएको कम्पनीको भनाइ छ। यसले प्रिमियम अडियो तथा वेयरेबल उत्पादनहरू वर्षकै सबैभन्दा उत्कृष्ट मूल्यमा उपलब्ध गराउने विश्वास कम्पनीले व्यक्त गरेको छ।
स्पिकरहरूमा वर्षकै सबैभन्दा ठूलो मूल्य कटौती
अभियानको मुख्य आकर्षणका रूपमा कम्पनीले आफ्ना सर्वाधिक बिक्री हुने तथा लोकप्रिय स्पिकरहरूमा उल्लेखनीय मूल्य कटौती गरेको जनाएको छ। होलीको ऊर्जा र उत्साहलाई मध्यनजर गर्दै विशेष मूल्य निर्धारण गरिएको कम्पनीले उल्लेख गरेको छ। नयाँ मूल्यसूचीअनुसारः
Marvel Speakerअब रु. २,७९९ (बजार मूल्य रु. ४,९९९)
S@) Speaker अब रु. ३,८९९ (बजार मूल्य रु. ७,९९९)
Thunder Speaker अब रु. १५,४९९ (बजार मूल्य रु. ३४,९९९)
यी सीमित अवधिका अफरहरूमा ग्राहकहरूले करिब आधासम्म मूल्य बचत गर्न सक्ने कम्पनीको दाबी छ। घरायसी जमघट, बाहिरी कार्यक्रम तथा दैनिक मनोरञ्जनका लागि यी स्पिकरहरू उपयुक्त विकल्प हुने जनाइएको छ।
Ultima Watch Navigator को पुनरागमन
ग्राहकहरूको अत्यधिक मागपछि कम्पनीले आफ्नो चर्चित स्मार्टवाच ग्तिष्mब ध्बतअज ल्बखष्नबतयच पुनः बजारमा ल्याएको जनाएको छ। विशेष मूल्य रु. ५,९९९ (एमआरपी रु. ११,९९९) मा उपलब्ध उक्त स्मार्टवाच प्रारम्भिक सार्वजनिक बिक्रीका क्रममा चार मिनेटमै स्टकआउट भएको कम्पनीको दाबी छ। पुनः स्टकमार्फत ग्राहकहरूले फेरि एकपटक यो लोकप्रिय स्मार्टवाच खरिद गर्ने अवसर पाउने कम्पनीले जनाएको छ।
Spin the WheelÚ मार्फत उपहार जित्ने अवसर
अभियान अवधिभर हरेक योग्य खरिदमा ग्राहकहरूले ‘क्उष्ल तजभ ध्जभभ’ि खेल्ने अवसर पाउनेछन्। यसमार्फत विभिन्न आकर्षक उपहार, सरप्राइज अफर तथा थप लाभहरू जित्ने मौका प्राप्त हुने कम्पनीले जनाएको छ। यसले किनमेललाई अझ रोमाञ्चक र मनोरञ्जनात्मक बनाउने विश्वास गरिएको छ।
Color Your CartÚ’ – जति धेरै किनमेल, त्यति धेरै छुट
अभियानको अर्को विशेष सुविधा ‘ऋययिच थ्यगच ऋबचत’ रहेको छ। यसअन्तर्गत पहिलो उत्पादन अभियानको तोकिएको मूल्यमा बिल गरिनेछ। त्यसपछि थप उत्पादन कार्टमा समावेश गर्दा अतिरिक्त छुट प्रदान गरिने कम्पनीले जनाएको छः
एक थप उत्पादनमा ५ प्रतिशत अतिरिक्त छुट
दुई थप उत्पादनमा १० प्रतिशत अतिरिक्त छुट
यसरी ग्राहकहरूले अधिकतम ३५ प्रतिशतसम्म अतिरिक्त छुट प्राप्त गर्न सक्ने जनाइएको छ।
रंग, संगीत र उत्सवको संगम
Holi Ko Umanga, Ultima Sanga अभियानमार्फत कम्पनीले नवप्रवर्तन, गुणस्तर र किफायती मूल्यप्रतिको आफ्नो प्रतिबद्धता पुनः दोहो¥याएको जनाएको छ। यस अभियानले उत्कृष्ट अफर मात्र नभई रमाइलो तथा उत्साहपूर्ण किनमेल अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।
उपलब्धता
कम्पनीका अनुसार होली अभियानका अफरहरू १० फाल्गुनदेखि १७ फाल्गुनसम्म देशभरका आधिकारिक स्टोरहरू तथा कम्पनीको आधिकारिक वेबसाइट धधध.गतिष्mब.अयm.लउ मार्फत उपलब्ध हुनेछन्। सीमित अवधिका अफर भएकाले ग्राहकहरूलाई समयमै खरिद गर्न कम्पनीले अनुरोध गरेको छ।











