चितवन । भरतपुर–१०, अस्पताल रोडमा रहेको …डाक्टर साथी प्याथोलोजी एन्ड होम केयर सर्भिसेस्Úले चैत्र ७ गते निःशुल्क थाईराइड शिविर सञ्चालन गर्ने भएको छ ।
प्याथोलोजीका अनुसार प्रत्येक दिन बिहान ७ः०० बजेदेखि भरतपुर सहकारी तालिम केन्द्रअगाडि शिविर आयोजना हुनेछ । शिविरमा प्रगति पोलिक्लिनिक, भरतपुर–१०, अस्पताल रोड, चितवनले प्राविधिक सहयोग प्रदान गर्ने जनाईएको छ ।
पछिल्लो समय थाइराइड रोगको समस्या बढ्दै गएको र यस्ता समस्या भएका व्यत्तिलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर राखिएको प्याथोलोजीका प्रबन्धक प्रणय विकेले जानकारी दिए । Æ हामीले गत महिनापनि निःशुल्क सुगर प्रेसर जांँच र परामर्श सेवा दिएका थियौं, प्रबन्ध निर्देशक विकेले भने, त्यतिबेला पनि सेवाग्राहीको उल्लेखनीय उपस्थिति थियो। शनिबार फेरी निःशल्क थाइराइड चेकजांँच गर्दैछौं । त्यसैले यसको अधिकतम लाभ लिन समेत अनुरोध गर्दछु ।æ
यसका साथै सो अवसरमा अतिरिक्त सम्पूर्ण ल्याब जाँचमा २० प्रतिशत छुट र होलबडी चेकअपमा ३००० रुपैंयाको मात्र व्यवस्था गरिएको विकेले जानकारी दिए । आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिदंै जाने उनको भनाई छ । साथै, यहांँबाट सहुलियत दरमा सम्पूर्ण स्वास्थ्य सेवा घरमै पनि उपलब्ध हुंँदै आएको छ ।



