चितवन । आरम्भ कलेजमा तीन दिने अनुसन्धान विधि -रिसर्च मेथोडोलोजी) तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त तालिममा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चार वर्षे सेमेस्टर प्रणाली अन्तर्गतको बिएचएम एवं बिआइटीएम कार्यक्रम सञ्चालन गर्दै आएको भरतपुरको आरम्भ कलेजले उच्च शिक्षा अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले युनिभर्सिटी ग्रान्ड कमिसनको सहयोगमा सो कार्यक्रम सञ्चालन गरेको थियो।
वटाभन्दा बढी संस्थाहरूको सहभागिता रहेको थियो भने विभिन्न विषयका प्राध्यापक तथा अनुसन्धानमा रुचि राख्ने ३५ भन्दा बढी अनुसन्धानकर्ता एवं विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा अनुसन्धानको परिचय, समस्या पहिचान, अनुसन्धान प्रस्ताव लेखन, तथ्याङ्क सङ्कलन विधि, तथ्याङ्क विश्लेषण, प्रतिवेदन लेखन तथा अनुसन्धान नैतिकताका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रमका रिसोर्स पर्सनको रुपमा एसोसिएट प्रोफेसर डा. हरिप्रसाद अधिकारी, डा. प्रकाश श्रेष्ठ , डा. गोविन्द ढुङ्गाना एवं डा. गुणराज क्षेत्री रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गदैँ कलेजका प्राचार्य सुरज शिवाकोटीले अनुसन्धानकर्ताहरूको अनुसन्धान क्षमतालाई सहयोग प्रदान गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको र आगामी दिनहरूमा पनि यस्तै कार्यक्रम गर्दै जाने बताए।
समापन समारोहमा बोल्दै प्रमुख अतिथिले अनुसन्धान ज्ञान, नवप्रवर्तक र सामाजिक विकासको आधार भएकाले यस्ता कार्यक्रमले शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले सहभागीहरूलाई तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै गुणस्तरीय अनुसन्धानमा लाग्न आग्रह गरे। कलेजका प्रतिनिधिले आगामी दिनमा पनि यस्ता शैक्षिक तथा अनुसन्धानमुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिए। प्रशिक्षकहरूलाई सम्मानपत्र तथा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।



