चितवन । भरतपुर महानगरपालिका वडा नं ३ मा रहेको लिटिल फ्लावर स्कुलले चितवनको संस्थागततर्फ उत्कृष्ट नतिजा निकालेको छ । २०८२ सालको एसइई परीक्षामा लिटिल फ्लावर स्कुलका चार जना विद्यार्थीले चार जिपिए ल्याएका छन् ।
विया श्रेष्ठ, सफल रसाइली, प्रज्ञा त्रिपाठी र प्रिन्स घर्ती मगरले चार जिपिए ल्याउन सफल भएका प्रिन्सिपल डा फादर मन्जुस एसजेले जानकारी दिए । वर्सेनि लिटिल फ्लावर स्कुलको नतिजा उत्कृष्ट आइरहेको उनले बताए ।
स्कुलमा यसवर्षको एसइईमा ६८ जनाले ३.६ जिपिए ७८ जनाले ३.२ जिपिए भन्दामाथि ल्याएका छन् । लिटिल फ्लावरको ९८.८८ प्रतिशत नतिजा आएको फादर मन्जुसले जानकारी दिए । गतवर्ष यस स्कुलबाट ५ जनाको चार जिपिए आएको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



