भरतपुर । युवा व्यवसायी विशाल भट्टले भरतपुर–१२ नौरंगेमा सबि मार्ट सञ्चालनमा ल्याएका छन् । करिब ४५ लाख रुपैयाँको लगानीमा मार्ट सञ्चालनमा ल्याइएको हो ।
मार्टको बिहीबार भरतपुर–१२ का वडा अध्यक्ष लेखराज पन्तले उद्घाटन गरेका हुन् । वडा अध्यक्ष पन्तले उधारो कारोबार नगर्न सञ्चालकलाई सुझाव दिए । पछिल्लो समय नौरंगेले बजारकै रुप लिएको भन्दै उनले मार्टबाट सुपथ मूल्यमा गुणस्तरीय वस्तु बिक्री गर्न आग्रह गरे । …म्याद सकिएको सामान बेच्दै नबेच्नुस् । सुपथ मूल्यमा दिनुस् । गुणस्तरीय दिनुस् तर उधारो नदिनुस्Ú, उनले सुझाए ।
पाँच वर्षभित्र मार्टको सेवालाई गाउँगाउँमा पु¥याउने र आगामी १० वर्षभित्र सबि मार्टको ब्राण्ड स्थापित गर्ने लक्ष्य रहेको व्यवसायी भट्टले बताए । दैनिक उपभोग्य वस्तुहरुको व्यापार राम्रो हुने अपेक्षाका साथ मार्ट खोलिएको भन्दै उनले निकट भविष्यमा २ सय जनालाई रोजगारी दिने गरी व्यवसाय विस्तार गर्ने योजना रहेको बताए । उनले आगामी बर्षमा देशका विभिन्न जिल्लाका ग्रामीण क्षेत्रमा मार्ट खोल्ने लक्ष्य लिईएको बताए । मार्टमा अर्गानिक तथा
स्थानीय उत्पादा तथा ताजा फलफूल समेत उपलब्ध गराइने उनको भनाई छ ।
अधिकृत व्यवसायी संघ चितवनका अध्यक्ष रामजी घिमिरेले मार्टले स्थानीय ग्राहकलाई दैनिक उपभोग्य वस्तुको सेवा एकै ठाउँबाट दिने उद्देश्य लिएको बताए । युवाहरु विदेश पलायन भइरहेको वर्तमान समयमा स्वदेशमै बसेर व्यापार व्यवसाय गर्नु सकारात्मक काम भएको उनले बताए ।
उद्धघाटन समारोहमा समाजसेवी भविलाल घिमिरे तथा व्यवसायी घनश्याम घिमिरे तथा टोलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



