चितवन । चितवनमा जंगली हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वढा नम्बर २३ का बर्ष २५ की आशिका बोटे र उनको ४ बर्षीय छोरा भरत बोटे रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराती ११ बजे घरमा सुतिरहेको अवस्थामा अचानक जंगली हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट दुबै जनाको घटना स्थलमा नै मृत्यु भएको हो ।
मृतककी श्रीमान पूर्ण बोटेले हात्ती धपाउनको लागी आगो बाल्ने क्रममा उनको कच्ची घरमा समेत आगोलागी भएको प्रहरीले जनाएको छ । हाल उक्त स्थानमा इलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरी टोलीले निकुञ्जको समन्वयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु








