चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित१८ किलोमा पहिरो जांँदा नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । आज बिहान करीब ८ बजे रातोमाटो सहितको पहिरो खसेपछि दुईतर्फी रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय, चितवनले जानकारी दिएको छ ।
हाल सडक डिभिजन कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा पहिरो पन्छाउने काम भईरहेको छ । अविरल बर्षाका कारण पहिरो पन्छाउन कठिन भईरहेको र लेदो सहितको पहिरो झरिरहेको ट्राफिक प्रहरी कार्यालय प्रमुख धर्म बहादुर अधिकारीले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु