चितवन । कामना सेवा विकास बैंक नारायणगढ शाखाले गलेश्वर आश्रमको लागि एकथान कम्युटर सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्र्तगत बिहिबार देवघाट स्थित गलेश्वर आश्रमलाई कम्युटर सहयोग गरेको हो । बैंकका क्षेत्रीय प्रबन्धक शिबकुमार ढकाल र शाखा प्रबन्धक निश्चल मानन्धरले आश्रमका लेखापाल महेन्द्र प्याकुरेललाई उक्त कम्युटर हस्तान्तरण गरेका हुन् ।
क्षेत्रीय प्रबन्धक ढकालले आश्रमका विद्यार्थीहरुलाई कम्युटर सम्बन्धी ज्ञान सिक्न सहज होस भन्ने हेतुले कम्युटर सहयोग गरिएको बताए ।
आगामी दिनमा पनि बैंकले यस्ता सामाजिक कामलाई निरन्तरता दिंँदै जाने ढकालको भनाई छ । यसअघिपनि बैंकले शैक्षिक सामाग्री , खाद्यसामाग्री, साथै रक्तदान र सरसफाईका कार्यक्रम गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु