चितवन । कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन । अनिल परियार (कान) हत्यामा संलग्न भरतपुर महानगरपालिका भरतपुर महानगरपालिका वडा नम्बर १५ का तिलक गैरे रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गैरेलाई प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा रुपन्देहीको बेलहियामा लुकीछिपी हिंडिरहेको अवस्थामा बिहान सात बजे पक्राउ गरेको हो ।
रुपन्देही प्रहरीले उनलाई पक्राउ गरी प्रहरी कार्यालय चितवनमा दाखिला गरेको छ ।
उनलाई आज बिहान १० बजे चितवन जिल्ला अदालतमा उपस्थित गराईएको चितवन प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अन्यको पहिचान र खोजी कार्य भइरहेकोे छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर खेल मैदाननजिकै वैशाख २५ गते साँझ ७. ३० बजेको समयमा अज्ञात समूहले परियारको हतियार प्रयोग गरी हत्या गरेका थिऐ ।
हत्यामा संलग्न विश्व भन्ने हेमन्त बास्तोला र राहुल परियार पुर्पक्षको लागि थुनामा रहेका छन् भने बिक्रम भन्ने रोहित प्रसाद सिलवाल २० हजार धरौटीमा रिहा भएका छन् ।