चितवन ।भरतपुर महानगरपालिकाले (आज) सोमबारबाट २९ बटै वडामा मेलमिलाप सम्बन्धी स्थलगत अनुगमन कार्य शुरु गरेको छ ।
समाजमा हुने गरेका हरेक घटनाहरुलाइ मेलमिलाप पद्धतिबाट न्याययिक निरोपण गर्नु पर्ने भएकोले उक्त स्थलगत अनुगमन कार्य शुरु गरेको भरतपुर महानगरपालिकाले जानकारी दिएको छ ।
महानगरका उप प्रमुख तथा न्याययिक समिति सयोजक चित्रसेन अधिकारीको नेतृत्वमा न्याययिक समितिका सदस्यहरु, कानुनी सल्लाहकार, मेलमिलाप सयोजक र कानुनी मामिला शाखाका सदस्यहरुको उपस्थितिमा आज वडा न १,२,३ र ४ मा पुगेर ती वडाहरुमा भएका मेलमिलाप सम्बन्धिका कार्यहरुको बारेमा स्थलगत अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा आ आफ्नो वडामा रहेको जनताको घरदैलो सरकारलाई निष्पक्ष, पारदर्शी, जनतामुखी र सेवा प्रबाहमा चुस्त दुरुस्त बनाउन पनि वडा सचिबहरुलाइ उप प्रमुखले निर्देशन दिनु भयो ।
‘वडाहरुबाट अब छिट्टै नै महानगरले तोकेको ढाचामा मेलमिलापकर्ताहरुको विवरण आउछ उप प्रमुखले भन्नू भयो, अब प्रत्येक वडा वडामा मेलमिलाप समिति बन्छ र वडा तहबाट हुने न्यायीक मेलमिलाप सम्बन्धि नागरिकका काम सम्पन्न हुने छन ।’
अनुगमनका क्रममा मेलमिलाप पद्धतिबाट न्यायीक निरोपण कार्यको स्थलगत अनुगमन तथा मेलमिलाप कर्ताहरुलाइ निर्देशन एव मेलमिलापकर्ताहरुको विवरण अध्याबधिक पनि गरिएको छ ।
महानगरले सबै वडाहरुलाइ मसिर २५ गते सम्म मेलमिलापकर्ता चयन गरि महानगरको न्याययिक समितिमा ल्याउन अनुरोध गरिसकेको छ ।
भरतपुर महानगरद्धारा २९ वटै वडाको मेलमिलाप सम्बन्धि अनुगमन
भरतपुर महानगरद्धारा २९ वटै वडाको मेलमिलाप सम्बन्धि अनुगमन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु