चितवन ।साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको लागि नारायणी नदी किनारमाहवन मण्डप र पञ्च कुण्ड बनाउने काम थालिएको छ । माघ १२ गते वसन्तपन्चमीदेखि फागुन १२ गतेसम्म नदी किनारमा हुन लागेको ज्ञानमहायज्ञको तयारीका लागि हवन मण्डप र कुण्ड बनाउन लागिएको हो ।
निर्माणधीन कुण्डको आज (शुक्रबार) महायज्ञका संरक्षक महेश सन्यास आश्रमका पिठाधिस १००८ स्वामी रमाणानन्द गिरीजीमहाराज र गण्डकी–नारायणी महाआरती परिषद्कावरिष्ठ सल्लाहकार टंकनाथ पौडेललगायतले निरीक्षण गरेका छन् । महायज्ञको तयारी युद्धस्तरमा अगाडि बढाइएको छ ।
ब्राह्मणलाई खानपीन तथा आवास र यज्ञको लागि आवश्यक पर्ने हवन कर्ताको व्यवस्था गर्ने कार्य अन्तिम चरणमा पुगेको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधिभारद्धाज कँडेलले जानकारी दिए ।उनकाअनुसार चरु (हवन सामाग्री) संकलन गर्ने कार्य पनि सुरु भइसकेको छ । विभिन्न आमा समूहहरुले चरु संकलन गर्दै छन् । हवन गर्न आवश्यक पर्ने तिल, जौ, घ्यु, सखर, चामललाई चरु भन्ने गरिन्छ ।
‘यज्ञको तयारी युद्धस्तरमा अघि बढेको छ ।दुई÷तीन दिनभित्रै हवन मण्डप र पञ्च कुण्ड तयार भइसक्छ’, उनले भने । हवन कुण्डको बाहिरी घेरामा फलामका डण्डि गाडेर हवन मण्डप बनाउने कामभइरहेको छ ।कोटिहोम ज्ञानमहायज्ञमा ब्राह्मणहरुले एक महिनामा एक करोड ४९ लाख ८५ हजार पटक गायत्रीमन्त्रजपगर्नुपर्छ । लाखौँ भक्तजन महायज्ञमा आउने विश्वास लिइएको छ ।
योगी नरहरीनाथले शरीर छाडेपछि पहिलो पटक ब्रह्मगायत्री मन्त्र द्धारा हवन हुन लागेको हो । ‘यो एक युगमा हुने हवन हो । यसै क्षेत्रमाआरतीगर्दै आएको संस्थाले महायज्ञ गर्न लागेको हो । चरु संकलनकालागि धेरै भन्दा धेरै आमा समूहलाई परिचालन गरिएको छ । प्रचार प्रसारलाई पनि हामीले तीव्र बनाएका छौँ’, उनले भने ।
श्री सनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा ज्ञान महायज्ञ हुनलागेको हो ।सनातन देखि चलि आएको संस्कृति, परम्परा, नदी संरक्षण, पयार्वरणीय सन्तुलन जोगाउने उद्धेश्यले कोटिहोम ज्ञान महायज्ञ गर्न लागिएको कँडेलले जानकारी दिए । नेपालमा कोटिहोम महायज्ञका अध्येता, संकल्पकर्ता, राष्ट्र गुरु योगी नरहरिनाथलाई सम्झदै कोटिहोम ज्ञानमहायज्ञ गर्न लागिएको उनले बताए । कोटिहोमको दर्शन गर्न पाउनु मात्रै पनि महत्वको विषय भएको उनको भनाइ छ ।
नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख संरक्षकत्व तथा महामण्डलेश्वर आत्मानन्दगिरी, रमणानन्द गिरी, स्वामी जगन्नाथाचार्य, हरिशरण उपाध्याय, किशोरकुमार गौतम आदि नेपालका प्रमुख सन्त महात्माहरूको संरक्षकत्वमा महायज्ञ हुने आयोजकले जनाएको छ ।