चितवन । टिभिएस बा्रण्डको स्कुटर र मोटरसाइकल बिक्री गर्दै आएकोे मालाश्री मोटर्सले आफ्नो शाखा विस्तार गरेको छ । मध्य नेपालका ग्राहकवर्गहरुलाई लक्षित गर्दै भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित रिजाल चोकमा अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको हो। विगत ६ वर्षदेखी लायन्सचोक नजिकैबाट कम्पनीले सेवा दिदैं आएको थियो ।
बिहिबार एक कार्यक्रमका बीच नेपाली सिनेमाकी नायिका स्वस्तिमा खड्का र जगदम्बा मोर्टस प्रा.लि का उपाध्यक्ष दिपक अग्रवालले
शोरुमको उद्घाटन गरेका थिए। उक्त अवसर पारेर मालाश्रीले नयाँ स्कुटर बिएस–भिआ कम्प्लायन्सको टिभिएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल ईन्जेकशन( आरटिएफआई) लाई चितवनमा सार्वजनिक गरेको छ ।
विश्वविख्यात टिभिएस ब्रान्डको मोटरसाईकल तथा स्कुटर बिक्रीवितरण गर्दै आएको मालश्री मोर्टसले ग्राहकवर्गहरुलाई सहज र सरल सेवा दिने उद्धेश्यसहित दोस्रो शाखा विस्तार गरेको निर्देशक भिमसेन श्रेष्ठले बताए। उनका अनुसार यस शोरुमबाट एकै ठाउँमा सेल्स, सर्भिस र स्पेर्यस पार्टस उपलब्ध गरिनेछ ।
ग्राहकवर्गको चाहना र आवश्यकता अनुसार हरेक महिना विभिन्न अफरहरुसगै नगद छुट र जुनसुकै ब्रान्डसंग एक्सचेञ्ज अफर समेत दिदै आएको मालश्री मोर्टसका प्रबन्ध निर्देशक सरोज अर्यालले जानकारी दिए। मबताए।
यस्तै भरतपुर रिजालचोक शाखा सञ्चालनसंँगै केही समयका लागि नयांँ शाखाबाट स्कुटर तथा मोटरसाईकल किन्ने ग्राहकवर्गहरुलाई विशेष छुट समेत उपलब्ध गराइने मालश्री मोर्टसले घोषणा गरेको छ ।