चितवन । चितवनमा गोविन्दे नामको जंगली हात्तीको आक्रमणबाट एक ईजरायली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३०वर्षीय पुरुष सामुयल बोइकनर रहेका छन ।(samuel boikaner ) रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका वडा नम्बर ६ हात्तीसार नजिक मध्यान्ह १२ बजेर २० मिनेटमा ढुंग्रे खोला छेउमा हात्तीले उनलाई आक्रमण गरेको हो । यो संगै चालू आर्थिक वर्षमा जंगली जनावरको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ । जस मध्य बाघको आक्रमणबाट १ जना, हात्तिको आक्रमणबाट २ जना र गैंडाको आक्रमणबाट ३ जनाको मृत्यु भएको निकुञ्जले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु