चितवन । चितवनमा बोलेरोले ठक्कर दिंँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १५ बस्ने बर्ष ५० को बिरेन्द्र राउत रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज अपरान्ह सांँढे तीन बजे भरतपुर महानगरपालिका वडा नम्बर १५ जानकी चोकमा ना३च ११९ नम्बरको बलेरोले बा८५प ३६२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनाबाट गम्भिर घाईते राउतको चितवन मेडिकल कलेजमा उपचारको क्रममा ४ बजेर १० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि बस्ने बर्ष ४१ को राज कुमार नेपाली सामान्य घाईते भएका छन । उनको सोही अस्पतालमा उपचार भईरहेको छ । बोलेरो चालक भरतपुर महानगरपालिका वडा नम्बर २९ बस्ने बर्ष २५ को बिमल गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु