चितवन । चितवनका तीन पत्रकार राउण्ड टेबल नेपालबाट सम्मानित भएका छन ।
सम्मानित हुनेहरुमा नेपाल टेलिभिजनका चितवन संवाददाता राजेन्द्र आचार्य, आर्थिक अभियान राष्ट्रिय दैनिक चितवनका संवाददाता सूर्य प्रसाद अधिकारी र केटीबी मिडीयाका अध्यक्ष किशोरचन्द्र सापकोटा रहेका छन । लामो समयदेखि चितवनमा रहेर पत्रकारितामार्फत समाज रुपान्तरण र नागरिकलाई सुसुचित गर्न भूमिका खेलेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।
युवा उद्यमीहरुको सामाजिक संस्था राउण्ड टेबल नेपालले बिहीबार भरतपुरमा आयोजित एक समारोहका बीच उनीहरुलाई सम्मान गरेको हो । राउण्ड टेबलका केन्द्रिय अध्यक्ष राहुल अग्रवालले सम्मानपत्र सहित पत्रकार त्रयलाई सम्मान गरेका थिए ।
राउण्ड टेबल नेपालले बिशेषगरी शिक्षा, स्वास्थ्य र सरसफाईको क्षेत्रमा नेपालभरिनै आर्थिक सहयोग गर्दै आएको छ । राउण्ड टेबलले यही नयांँ शैक्षिक सत्रमा मात्रै देशभरीका सामुदायिक विद्यालयका हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो ।