काठमाडौँ, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ८:३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि आज बिहान अस्पताल लगिएको थियो ।
‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित उनी लामो समयदेखि ओछ्यान परेकी थिइन् ।
त्यस्तै प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु