चितवन । नारायणगढको कामना सेवा विकास बैंकले साहाराको घरलाई मास्क सहयोग गरेको छ ।
बैंकको नारायणगढ शाखाले भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित साहाराको घरलाई एक हजार थान मास्क सहयोग गरेको हो ।
आज बैंकका शाखा प्रबन्धक रश्मी पन्त, सुपरभाईजर धर्ती देवकोटा र सीतादेवी पौडेलले साहाराको घरकी आमा स्वस्तीका तिवारीलाई माक्स हस्तान्तरण गर्नुभयो ।
बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मास्क वितरण गरिएको शाखा प्रबन्धक पन्तले बताउनुभयो । उहाँले बैंकले वित्तीय सेवा मात्रै नभएर सामाजिक सेवाका काम पनि गर्ने बताउनुभयो ।
बैंकको चितवनमा रहेका शाखा कार्यालयहरुको समन्वयमा हालै जिल्लाको विकट ठाउँमा रहेका चेपाङ सामुदायलाई खाद्यान्न वितरण गरिएको थियो । यसअघिपनि बैंकले चितवनमा विभिन्न सामाजिक संस्थालाई आर्थिक सहयोग गर्दै आएको छ ।
साहाराको घरमा हाल १८ जना बालिका आश्रित छन् । बैंकका देशभरी एक सय ३० र चितवनमा मात्रै १४ वटा शाखा रहेका छन् ।