गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाले भूकम्प प्रभावितलाई आर्थिक सहयोग गर्ने भएको छ । एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले १ लाख रुपैयाँ भूकम्प प्रभावित क्षेत्रमा पठाइने जानकारी दिए । शुक्रबार राती गएको भूकम्पले जाजरकोट, पश्चिम रुकुमा ठुलो जनधनको क्षति भएको छ । अध्यक्ष रेम्सले भूकम्प प्रभावित जिल्लामा तत्काल उद्धार तथा राहत अभियानमा सहभागि हुन समेत आव्हान गरेका छन् ।
जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । यसैगरी रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा अत्यावश्यक खाद्यान्न, स्वस्थ्य उपचार, सुरक्षित बासको व्यवस्था मिलाउन सक्दो सहयोग गर्न अनुरोध गरेका छन् । भूकम्पले पुर्याएको क्षतिप्रति दुख व्यक्त गर्दै उनले घाइतेहरुको उचित उपचार गर्न सुझाएका छन् । भूकम्प प्रभावित क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएर सहयोग तथा पुनःस्थापनाको कामहरु गर्न आग्रह गरेका छन् । सरकारसँग मिलेर भूकम्प प्रभावितलाइ सहयोग गर्न तयार रहेको बताएका छन् । आर्थिक सहयोग केहि दिनभित्रै गरिने जानकारी दिए ।