काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष २०७८/ ७९ को लागि शुक्रवार मौद्रिक नीति सार्वजनिक गरेका छन् ।
उनले थोक र खुद्रा लघुवित्तसमेत गाभ्न गाभिन सक्ने र त्यसलाई प्रोत्साहन गरिने बताएका छन् । बैंक तथा वित्तीय संस्थालाई मर्जरमा प्रोत्साहन गरिने बताए । उनले केन्द्रीय बैंक विद्युतीय मुद्राको सम्भाव्यता अध्ययन गरिने पनि बताएका छन् ।
यसैगरी उनले विद्युतीय भुक्तानीको सिमा पुनरावलोकन गरिने भन्दै राष्ट्रिय भुक्तानी स्विच स्थापना गरिने बताएका छन् । यसैगरी उनले ग्राहकलाई कालोसूचीमा राख्ने व्यवस्थामा पुनरावलोकन गरिने बताउँदै आधार दर गणना विधिमा पुनरावलोकन गरिने तथा स्प्रेड दर यथावत जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु