चितवन । भरतपुर महानगरपालिकाले नीजि क्षेत्रका तीनवटै संस्थाका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ । महानगरपालिकाले आइतबार चितवनका उद्योग बाणिज्य संघ, चितवन, चितवन उद्योग संघ र चितवन चेम्बर अफ कमर्सका पदाधिकारीलाई महानगरमा स्वागत एवं सम्मान गरेको हो।
महानगरका प्रमुख रेनु दाहाल तथा उप प्रमुख चित्रसेन अधिकारीले सयुक्त रुपमा उनीहरुलाई खादा तथा टीका लगाएर सम्मान गरेका हुन् ।
महानगरपालिकाले निजि क्षेत्रलाई सम्मान सगसगै भरतपुर भ्रमण बर्ष २०२४ को सन्दर्भमा पनि छलफल एवं अन्तरक्रिया गरेको छ ।
सम्मान कार्यक्रममा बोल्दै उद्योग बाणिज्य सघ चितवनका निबर्तमान अध्यक्ष चुन नारायण श्रेष्ठले भरतपुर भ्रमण बर्षले नीजि क्षेत्र निकै उत्साहित भएको बताए । ‘हामी नीजि क्षेत्रका उद्योगि एवं ब्यबसायीहरु भ्रमण बर्षबाट निकै उत्साहित भएका छौं, श्रेष्ठले भने,यो हाम्रो लागी महत्त्वपूर्ण र उपलब्धिमुलक क्षण हो ।’
चितवन चेम्बर अफ कमर्स ,चितवनका अध्यक्ष गोपाल भट्टराईले महानगरपालिकाले गरेको सम्मानले आफुलाइ थप जिम्मेवारी बनाएको बताए । शिथिल बनेको निजी क्षेत्रलाई माथी उकास्नको लागि महानगरले अभिभावकत्व ग्रहण गर्दै भ्रमण बर्ष आयोजना गर्दिएको हो भट्टराईले भने ,यसलाई अतिरन्जित बनाउने काम कहि कतैबाट कसैले पनि नगर्न सबै नीजि क्षेत्रसग मेरो अनुरोध छ । ’
पर्यटन विकासबाट सामाजिक तथा आर्थिक परिवर्तन ल्याउन,सिथिल अवस्थामा रहेको पर्यटन ब्यबसायलाई थप चलायमान बनाउन,महानगरको प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वृद्धि गर्न,प्राकृतिक,सांस्कृतिक,धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको प्रचारप्रसार गरि पर्यटकको सख्या र बसाई अवधि वृद्धि गर्ने उद्वेश्यले महानगरपालिकाले नीजि क्षेत्र सँगको सहकार्यमा पहिलो पटक भरतपुर भ्रमण बर्ष २०२४ आयोजना गर्न लागेको हो ।
चितवन उद्योग सघका अध्यक्ष सुर्य प्रसाद न्यौपानेले भ्रमण बर्षलाइ सबै क्षेत्रबाट अपनत्व हुने गरि सफकतापुर्वक सम्पन्न गर्न आग्रह गरे । यस्तै उद्योग बाणिज्य सघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले भ्रमण बर्षलाइ निजी क्षेत्रले ऐतिहासिक बर्षको रुपमा लिनुपर्नेमा जोड दिए ।
महानगरका पर्यटन बिज्ञ सल्लाहकार डा बिश्व सुवेदीले प्रमुख पर्यटकीय गन्तव्यहरु २१ वटा भए पनि ब्लकहरु निर्माण गरि एउटै ब्लक भित्र ५ देखि १० वटा सम्म गन्तव्यहरु समावेश गरिएको बताए । सुवेदीका अनुसार स्थानीय,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ५१ भन्दा बढी कार्यक्रमहरु भ्रमण बर्ष २०२४ मा आयोजना गरिने छ ।
सम्मान तथा अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्नु हुँदै नगर उप प्रमुख एवं भ्रमण बर्ष कार्यसम्पादन समिति सयोजक चित्रसेन अधिकारीले नीजि क्षेत्रको अपनत्व हुने गरि भ्रमण बर्षको आयोजना गरिएको जानकारी दिए । प्रमुख एवं भ्रमण बर्ष मुल समारोह समिति सयोजक रेनु दहालले नीजि क्षेत्र र महानगरबासिको लागि भ्रमण बर्ष एक महत्वपूर्ण अवसर भएको बताईन । भ्रमण बर्षका लागि महानगरपालिकाले २१ वटा प्रमुख पर्यटकीय गन्तव्यहरु,७ वटा लेकसाइड सर्किट र ११ वटा धार्मिक सर्किटको नामाकरण गरि ब्यबस्थापन गर्ने काम गरिरहेको छ ।
आगामी फागुन १८ गते अर्थात मार्च १ तारीखका दिन नारायणगढको नारायणी नदी भ्रमण बर्षको उद्वघाटन गर्ने कार्यक्रम रहेको छ ।