चितवन ३० साउन । युवा गायक तथा संगीतकार जिबी सुनारको तीज गीत ’छाती चर्किन्छ’ बजारमा आएको छ। आफ्नै लय तथा शब्द संकलनमा तयार भएको गीतमा आवाजमा भने सिनर्जी राइजिङ स्टार अनामिका मल्ल, विनोद गजमेर र करण बिकले साथ दिएका छन्।
माइती र चेलीबीचको विषयवस्तुलाई संवादको रुपमा गीतमार्फत दर्शक स्रोतासमक्ष पस्किने प्रयास गरिएको गायक तथा संगीतकार सुनारल बताए। गीतको संगीत संयोजन भने महेशबिक्रम पाण्डेले गरेका हुन्। जिवी सुनार आफैँले निर्देशन गरेको गीतको भिडियोमा भने लक्ष्मी थापा, शंकर खड्का, अम्बिका पाठक, शितल खड्कालगायतका कलाकारलाई अभिनयमा देख्न सकिन्छ।
सन्तोष सुनार र अर्जुन चापागाईँले खिचेको भिडियोको सम्पादन भने सन्तोष सुनारले गरेका हुन्। करिब एक दशक यता मोफसलमै बसेर गीत संगीतमार्फत चर्चामा रहेका गायक तथा संगीतकार सुनारले थुप्रै लोक तथा दोहोरी गीतका साथै तीजका गीत, दसै तिहारसम्बन्धी गीतहरु बजारमा ल्याइसकेका छन्।