काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरि स्वास्थ्यमा समस्या आएपछि भारतको मुम्बईस्थित सार जाँ अस्पतालमा भर्ना भएका छन् ।
घाँटीको समस्या भएर अस्पताल भर्ना भएपछि कांग्रेस उपसभापति विमलेन्द्र निधि उनको स्वास्थ्य अवस्था बुझ्न भारततर्फ लागेका छन् ।
बिहीबार बिहान काठमाडौंबाट हवाईजहाजमा जनकपुर गएका निधि त्यहाँबाट भारतको दरभंगासम्म गाडीमा जानेछन् । त्यसपछि पुनः विमानमार्फत नै मुम्बई जाने निधिको सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु