चितवन । चितवनमा चालु आर्थिकबर्ष ०७८,७९ को साउन महिना भित्र सवारी दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ भने ७५ जना घाईते भएका छन । मृत्यु भएका मध्ये ९ जना पुरुष र २ जना महिला रहेका छन । कार्यालयका अनुसार सो अवधिमा २३ जना गम्भिर घाईते र ५२ जना साधारण घाईते भएका थिए । एक महिनाको अवधिमा दुर्घटना संख्या ५१ वटा भएको थियो भने भने ७८ वटा सवारीसाधन दुर्घटनामा संलग्न थिए । यसबाट ट्राफिक प्रहरीले ९६ लाख ६२ हजार बराबरको सवारीसाधनको भौतिक क्षति भएको अनुमान गरेको छ ।
कार्यालयका प्रमुख भगवानराज थापाले सवारीसाधन कम चलेसंँगै दुर्घटनाको संख्या संँगै अघिल्ला महिनाहरुमा भन्दा मृत्यु र घाईतेको संख्या पनि कम भएको भए । ‘सवारीसाधन कम चलेपछि हाम्रो जनशक्तिपनि सहजरुपमा परिचालन गर्न सकिन्छ । उनले भने, हामीले स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्न गराउन पनि निगरानी थप बढाएका छौं ।’
२५ लाख ७३ हजार राजश्व संकलन
कार्यालयले चालु आर्थिक बर्षको साउन महिनामा २५ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार सबै प्रकारका सवारीसाधनको कारवाहीबाट एक महिनाको अवधिमा २५ लाख ७३ हजार पांँचसय रुपैयांँ राजश्व संकलन गरेको हो । कार्यालयले सो अवधिमा २ हजार ७५७ वटा सवारीसाधनलाई कारवाही गरेको थियो ।
सबैभन्दा बढी कारवाहीमा मोटरसाइकल
चालु आवको साउन महिनामा सबैभन्दा बढी ७८६ वटा मोटरसाइकल कारवाहीमा परेका छन र सबैभन्दा कम ट्याक्टर कारवाहीमा परेका छन । मोटरसाइकल कारबाहीबाट मात्रै ६ लाख ७३ हजार रुपैयांँ राजश्व संकलन भएको छ भने १३२ वटा ट्याक्टरलाई कारवाहीबाट १ लाख ३१हजार पांँचसय रुपैयांँ राजश्व संकलन गरेको छ । यस्तै दोस्रो सबैभन्दा बढी ६७२ वटा कार जीप भ्यान कारवाहीमा परेका छन जसबाट ६ लाख ६० हजार रुपैयांँ राजश्व संकलन भएको छ । कार्यालयले ५९० वटा ट्रकट्रिपरबाट ६ लाख ११ हजार, ३०७ वटा बस माईक्रोबाट २ लाख ९० हजार र २७० वटा टेम्पो र अन्य सवारीसाधन बाट २ लाख ८ हजार रुपैयांँ राजश्व संकलन भएको हो ।
कार्यालयका प्रमुख थापाले निशेधाज्ञा शुरु भएसंँगै कारवाहीको संख्या र राजश्व संकलन पनि तुलनात्मक रुपमा उक्त महिना कम भएको बताए । ‘निशेधाज्ञाले सवारीसाधन जोरविजोर प्रणालीमा चलेका छन उनले भने, कारवाही र जरीवाना पनि कम भएको छ ।’ अधिकांश सवारीधनीले जरीवानाको रसिद काटेपछि समयमै बैंकमा जम्मा नगर्ने भएकोले राजश्व संकलनमा असर परेको थापाले बताए ।सवारीसाधन कम चलेपनि ट्राफिक चेकिङ्गमा कडाई गरिएको कारण राजश्व संकलन सन्तोषजनक भएको थापाको भनाई छ ।