नवलपरासी । नवलपरासीमा ६० हजार नगदसहित सात जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका वडा नम्बर १३ मैनाघाटका डोल ब.सारु ,सोही ठाउँका बल ब.सारु, बिरेन्द्र थापा, सुर्य प्रसाद खनाल , टुल ब.सारु, यम सोमै र लमजुङ बेसिशहर नगरपालिका वडा नम्बर ११को सुवास बाबु पाण्डे रहेका छन ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(पूर्व) का अनुसार मध्यविन्दु नगरपालिका मैनाघाटमा तास खेलिरहेको अवस्थामा ५९ हजार ८९० नगद सहित उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिमकसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु