• समाचार
  • चितवन विशेष
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरञ्जन
  • विचार
  • आर्थिक
  • भिडियो
  • अन्तराष्ट्रिय
  • थप
    • खेलकुद
    • स्वास्थ्य / जीवनशैली
    • कृषि / पर्यटन
    • रोचक संसार
    • साहित्य
    • राशिफल
    • सम्पादकीय
×
   आइतबार, असोज २४, २०८३
आइतबार, असोज २४, २०८३
    • समाचार
    • चितवन विशेष
      • भरतपुर
      • रत्ननगर
      • खैरहनी
      • राप्ती
      • कालिका
      • माडी
      • ईच्छाकामना
    • राजनीति
    • समाज
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • मनोरञ्जन
    • विचार
    • आर्थिक
    • भिडियो
    • अन्तराष्ट्रिय
    • थप
      • खेलकुद
      • स्वास्थ्य / जीवनशैली
      • कृषि / पर्यटन
      • रोचक संसार
      • साहित्य
      • राशिफल
      • सम्पादकीय
    ☰

ताजा अपडेट

खेतबारीमा महिनावारी स्वच्छता तथा सचेतना कार्यक्रम सम्पन्न
  • २ दिन 

स्पाउज क्लब अफ आर सि चितवन र
  • २ दिन 

उषा सुबेदीद्वारा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको
  • ३ दिन 

चितवनमा कांग्रेस इतर पक्षको अधिवेशन, भरतपुर सभापतिमा
  • ३ दिन 

लायन्स क्लब अफ चितवन राइजले आयोजना गर्दै
  • ३ दिन 

सुरक्षाको माग गर्दै क्षेत्रपुरका पाँच टोल विकास
  • ४ दिन 

कृत्रिम बुद्धिमत्ता: मानव अस्तित्वको जोखिम र मानवताको
  • ५ दिन 

कांग्रेसको १५औँ महाधिवेशनका लागि देउवा समूह सक्रिय,
  • १ हप्ता 

भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई
  • १ हप्ता 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

श्रीकृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपतिद्धारा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त

  •  संवाददाता
  • आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्ण जन्मनुभएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश दिनुहुँदै विश्वभर हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने गरेको स्मरण गर्नुभएको छ ।
    द्वापर युगमा दुर्जनको विनाश र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ । राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ, “यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पु¥याउने अपेक्षा लिएको छु ।” राष्ट्रपतिले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
    कोभिड–१९ को सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै सावधानीका साथ यो पर्व मनाउनु हुनेछ भन्ने पनि राष्ट्रपतिले आशा व्यक्त गर्नुभएको छ । गौरा पर्वका अवसरमा राष्ट्रपतिको सन्देश यसैगरी राष्ट्रपतिले भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने गौरा पर्वका अवसरमा पनि शुभकामना सन्देश दिनुभएको छ । सो पर्वमा व्रतालु महिलाहरू गौराघरमा गई शिव र गौरीको पूजा–अर्चना गर्दै पाँच प्रकारको अन्नको मिश्रणबाट बनेको ‘बिरूडा’ लाई प्रसादका रूपमा ग्रहण गरी रमाइलो गर्ने प्रचलन छ ।
    यस चाडमा व्रत बसी शिव र गौरीको पूजा गर्नाले सुख, शान्ति प्राप्त हुने, इष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहेको छ । यस प्रकारका लोक परम्परा तथा सांस्कृतिक पर्वहरूले हाम्रो जस्तो विविधतायुक्त समाजमा सामाजिक र सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पु¥याउँदै आएको राष्ट्रपतिको भनाइ छ । राष्ट्रपतिले यस सांस्कृतिक चाड गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी एवं भाइचाराको भावना अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाजको निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । उहाँले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्दै सावधानीका साथ यो पर्व मनाउनसमेत सबैलाई आग्रह गर्नुभएको छ । –––

    Advertisement
    Advertisement
    Advertisement

    Advertisement
    Advertisement

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खेतबारीमा महिनावारी स्वच्छता तथा सचेतना कार्यक्रम सम्पन्न
    स्पाउज क्लब अफ आर सि चितवन र रोटरी क्लब अफ चितवन द्वारा शैक्षिक सामग्री वितरण
    उषा सुबेदीद्वारा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको बाग्मती प्रदेश भूगोल सचिवमा उम्मेदवारी घोषणा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • चर्चित
    • भर्खरै
    • १.
      लायन्स क्लब अफ चितवन राइजले आयोजना गर्दै

    • २.
      सुरक्षाको माग गर्दै क्षेत्रपुरका पाँच टोल विकास

    • ३.
      कृत्रिम बुद्धिमत्ता: मानव अस्तित्वको जोखिम र मानवताको

    • ४.
      स्पाउज क्लब अफ आर सि चितवन र

    • ५.
      खेतबारीमा महिनावारी स्वच्छता तथा सचेतना कार्यक्रम सम्पन्न

    • ६.
      चितवनमा कांग्रेस इतर पक्षको अधिवेशन, भरतपुर सभापतिमा

    • ७.
      उषा सुबेदीद्वारा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको

    • १.
      खेतबारीमा महिनावारी स्वच्छता तथा सचेतना कार्यक्रम सम्पन्न

    • २.
      स्पाउज क्लब अफ आर सि चितवन र

    • ३.
      उषा सुबेदीद्वारा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको

    • ४.
      चितवनमा कांग्रेस इतर पक्षको अधिवेशन, भरतपुर सभापतिमा

    • ५.
      लायन्स क्लब अफ चितवन राइजले आयोजना गर्दै

    • ६.
      सुरक्षाको माग गर्दै क्षेत्रपुरका पाँच टोल विकास

    • ७.
      कृत्रिम बुद्धिमत्ता: मानव अस्तित्वको जोखिम र मानवताको

    • ८.
      कांग्रेसको १५औँ महाधिवेशनका लागि देउवा समूह सक्रिय,

    • ९.
      भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई

    • १०.
      दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर

    हाम्रो बारेमा

    नेपाली पत्रिका पब्लिकेशन प्रा.लि.द्धारा सञ्चालित

    प्रधान कार्यालय
    नयांँ बानेश्वर – १०, काठमाडौं
    सम्पर्क नम्बर :

    क्षत्रीय कार्यालय
    भरतपुर , चितवन
    सम्पर्क नम्बर : ०५६ – ५७२२३३

    ई-मेल
    [email protected]
    [email protected]

    हाम्रो टीम

    अध्यक्ष/प्रधान सम्पादक
    सूर्यप्रसाद अधिकारी

    कार्यकारी सम्पादक
    ऋषिराज घिमिरे

    सह-सम्पादक
    गोपाल कंडेल

    प्रबन्धक
    अमर श्रेष्ठ (9845153736)

    बजार प्रमुख
    राजु थापा (9849865976)

    एसिया ब्युरो प्रमुख
    सुमन अधिकारी (थाइल्याण्ड)

    वरिष्ठ वातावरण पत्रकार
    बिष्णु प्रसाद भण्डारी उपाध्याय

    Quick Links

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन

    सामाजिक संजालमा हामी

    Copyright ©2026 Satya Tathya Samachar New | All rights Reserved.
     Website By :  nWTech.