चितवन । नेपाल भ्यालुअर्स एशोसियसन (मुल्यांकनकर्ता) चितवन च्याप्टरको अध्यक्षमा ई. संञ्जयचन्द्र न्यौपाने निर्वाचित भएका छन । संस्थाको पाँचौ साधारण सभा तथा चौथो अधिवेशनले न्यौपानेको नेतृत्वमा नौ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा ई. सुमन कोइराला, ईश्वर कुमार श्रेष्ठ, सचिवमा लोमस अधिकारी, कोषाध्यक्षमा ई. सन्तोष तिमिल्सीना, सह सचिबमा इ. आशिष काफ्ले, चयन हुनुभएको छ । अधिवेशनबाट सदस्यहरुमा इ.अनन्त गैरे, इ.सरोज वराल, इ. बिजय ढुङ्गाना, ई. कपिल अधिकारी र इ. उमेश ढकालसर्बसम्मत निर्वाचित भएका छन ।
सो अवसरमा बोल्दै सहभागी वक्ताहरुले पछिल्लो समयमा आर्थिकमन्दीका कारण बैंकले मूल्याङकन कर्ता (भ्यालुयस)हरुलाई कालोसुचीमा राख्नु गलत भएको बताए । कुनै समयको बजार मूल्य र मालपोत मूलयलाई आधार मानेर गरेको मूल्याङ्न आर्थिक मन्दी हुँदा देखिन नहुने उनीहरुको भनाई छ ।
भ्यालुयर्स (मूल्याङ्कन)कर्ताहरुको अपनान बैंकहरुले गर्न थालेको भन्दै उनीहरुले आक्रोश व्यक्त समेत गरे ।
संघका केन्द्रीय अध्यक्ष संञजयकुमार महत्वले यही अबस्था रहे इञ्जिनियहरुले कुनै पनि संस्था वा व्याक्तिगत सम्पतीको मूल्याङ्कन गर्न नसक्ने बताए । अहिले बैंकहरुले मूल्याङ्कन कर्तालाई सामान्य रुपमा लिएको बताउँदै उनले यो अबस्था रहे देशभरी मूल्याङ्कनको काम ठप्प पार्ने बताए ।
कार्यक्रममा एशोसियसनका सल्लाहाकार ई.लक्ष्मण बाबु सेढाई, नेपाल ईञ्जीनियर्स एशोशियसन भरतपुरका अध्यक्ष ई.कृष्ण प्रसाद रिजाल, एसिई का अध्यक्ष इ.विष्णु अधिकारी,एशोशियसनका मकवानपुर सचिव अनिल बानिया, एसोशियसनका चितवन च्याप्टरका संस्थापक अध्यक्ष ई. इश्वरी प्रसाद कौडाल लगायतले मुल्यांकनकर्ताहरुको समस्याका बारे बोल्नु भएको थियो ।