भरतपुर । नेपाल क्षयरोग निवारण सस्था चितवन शाखा र लायन्स क्लव अफ नारायणगढ चित्रवनको आयोजनामा सोमबार इच्छाकामना १ हात्तीवाङमा पुस्तक, स्टेशनरी र खेलकुद सामाग्री वितरण तथा क्षयरोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएकौ छ । हात्तिवाङ स्थित राष्ट्रिय माध्यमिक विद्यालय हात्तिवाङमा कक्षा ८, ९ र १० मा अध्यायनरत विद्यार्थीहरुलाई पुस्तक तथा स्टेशनरी वितरण गरि क्षयरोग सम्बन्धि सचेतना कार्यक्रम गरिएको हो ।
सो अवसरमा विद्यार्थीहरुलाई नेपाली व्याकरण र एसईईको लागि सहयोगी पुस्तक, कापि, पेन, पेन्सिल, इलेजर, शैक्षिक सामाग्रीको रुपमा भलिवल, फुटवल र नेट वितरण गरिएको थियो । शैक्षिक तथा खेलकुद सामाग्रीहरु नेपाल क्षयरोग निवारण सस्था, सस्थाकी उपसभापति कुस्मा कुमारी पन्त र लायन्स क्लव अफ नारायणगढ चित्रवनको सहयोगमा वितरण गरिएको हो ।
नेपाल क्षयरोग निवारण सस्था चितवन शाखाका सभापति ज्ञानेन्द्रमान शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ नारायणगढ चित्रवनका अध्यक्ष दिपक प्रधानले स्वगत मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा नेपाल क्षयरोग निवारण सस्था चितवन शाखा उपसभापति कुश्मा कुमारी पन्तले कार्यक्रम बारे प्रकाश पार्नु भएको थियो । सस्थाका सचिव शैलजा घिमिरेले संचालन गर्नु भएको उक्त कार्यक्रममा सस्थाका कार्यक्रम अधिकृत अर्जुन त्रिपाठीले नेपालमा क्षयरोगको अवस्था र हाल भईरहेका प्रयासहरुको वारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।
इच्छाकामना १ का वडाध्यक्ष सन्त बहादुर मगर प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्म कुमार प्रजा, विद्यालयका प्रधानाध्यापक लोक बहादुर मगर लगायतले बोल्नु भएको थियो । कार्यक्रममा इच्छाकामना गाउँकार्यपालिका सदस्य अन्जु चेपाङ, दुर्गा नेपाली, लायन्स क्लव अफ नारायणगढ चित्रवनका पुर्व अध्यक्ष शेखर कुमार श्रेष्ठ, प्रविण कुमार श्रेष्ठ, क्लवका सह कोषाध्यक्ष सहनलाल प्रधान, नेपाल क्षयरोग निवारण सस्था चितवन शाखाका कोषाध्यक्ष बिमल कालाखेती, कार्यसमिति सदस्यहरु बद्रीनाथ पौखरेल, आईती मायाँ रानामगर, दिपकराज विष्ट, विद्यालय नर्स अस्मिता पौडेल, जीवनज्योति आधारभुत विद्यालयकी शिक्षक दुर्गा पुरी लगायत राष्ट्रिय माध्यमिक विद्यालय हात्तिवाङका शिक्षक विद्यार्थी एवं अभिभावकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै नेपाल क्षयरोग निवारण सस्था चितवन शाखाका सभापति ज्ञानेन्द्रमान शाक्यले शिक्षा मानव जिवनको ज्योति भएको वताउँदै वितरण गरिएका पुस्तक, कापि तथा खेलकुद सामाग्रीको उच्चतम प्रयोग गर्न आग्रह गर्नु भयो । साथै उहाँले आगामी दिनमा पनि यस्ता खालका सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सो अवसरमा राष्ट्रिय माध्यमिक विद्यालय हात्तिवाङमा संगिता चेपाङको अध्यक्षतामा जुनियर नाटा गठन गरिएको छ । समितिको उपाध्यक्षमा सुवास्ना गिरी, सचिवमा मनिषा चेपाङ, कोषाध्यक्षमा दिल बहादुर चेपाङ, सदस्यहरुमा दिपा थापा, अनिमा चेपाङ, ननिन्द्र चेपाङ, सुनिल चेपाङ, चन्द्र कुमारी चेपाङ, संरक्षकमा प्रधानाध्यापाक लोक बहादुर मगर, शिक्षक नायकमा अस्मिता पौडेल चयन हुनु भएको छ ।