चितवन । गरिमा कृषक समुहको आयोजना तथा कृषि विकास कार्यालय चितवनको सहयोगमा भरतपुर महानगरपालका वडा नम्बर १६ स्थित कृषक महिलालाई रैथाने मकैको बीउ उत्पादन सम्बन्धि तालिम दिईएको छ । रैथाने मकैको संरक्षण र बीउमा आत्मनिर्भर गर्ने उद्धेश्यसहित उनीहरुलाई चार महिने तालिम दिईएको हो । तालिममा मकैको बीउ उत्पादन प्रक्रिया, दुरी परीक्षण अगार्निक मल , बिषादीको प्रयोग लगायतका बिषयमा उनीहरुलाई सैद्धान्तिक एवं व्यवहारिक तालिम दिईएको थियो ।
आज सोही वडामा आयोजित एक कार्यक्रमका बीच तालिमको समापन गरिएको हो । सो अवसरमा बोल्दै प्रमुख अथिति भरतपुर वडा नम्बर १६ कार्यबहाक अध्यक्ष दुर्गा सोडारी रेग्मीले यो तालिमले यस क्षेत्रका महिलाहरुलाई कृषिमा आत्मनिर्भर हुन टेवा पुगेको बताउनु भयो । पछिल्लो समय अर्गानिक उत्पादनको महत्व र आकर्षण बढेको भन्दै उहांँले यस्ता कार्यक्रमको विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
बिशिष्ट अतिथि कृषि विकास कार्यालय , चितवनका प्रमुख भलनाथ कंडेलले रैथाने बीउ हराउंंँदै गएको बेला यस तालिमले रैथाने मकैको बीउ संरक्षण र उत्पादनमा मदत पुग्ने बताउनु भयो । उहांँले तालिममा सहभागी महिलाहरुलाई सिकेको सिप व्यवहारमा उतार्न पनि आग्रह गर्नुभयो । तालिमका सहजकर्ता एवं प्रशिक्षक रमा ढुंगानाले तालिममा महिलाहरुको सक्रिय उपस्थिति रहेको बताउनु भयो ।
तालिममा मल तथा बीउ , छर्ने, तथा भण्डारण गर्ने, अर्गानिक बिषादी उत्पादन तथा प्रयोग तथा निर्वाहमुखी बीउ उत्पादन प्रणाली र आधुनिक बीउ उत्पादनको तुलनात्मक अध्ययन गरिएको सहजकर्ता ढुंगानाले बताउनु भयो । तालिममा हजार वर्गमीटरमा उत्पादन गरिएको रैथाने रामपुर कम्पोजिट जातको मकैको बीउ स्थानीय कृषकलाई नै वितरण गरिएको उहांँले जानकारी दिनुभयो ।
गरिमा कृषक समुहका अध्यक्ष तथा कार्यक्रमका सभापति टेक नारायण पौडेलले सिकेको सीपलाई व्यवहारमा उतार्दै यस्ता प्रकारका संरक्षणका कार्यलाई निरन्तरता दिंँदै जानुपर्ने बताउनु भयो ।
समापन कार्यक्रममा ज्ञानेश्वर फलफूल तथा तरकारी उत्पादन सहकारी संस्थाका अध्यक्ष हरि बहादुर थापा, इन्टीग्रेटेड पेष्ट मेनेज्मेण्टका ( आइपीएम) का गीता बस्ताकोटी , धनकुमारी पौडेल , रिता बस्ताकोटी लगायतले रैथाने बीउ संरक्षणका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो । तालिममा २८ जनाको सहभागिता रहेको थियो । सो अवसरमा तालिमका सक्रिय तथा उत्कृष्ट कृषकलाई सम्मान गरिएको थियो ।