अमेरिका । चितवनको व्यवसायको प्रवद्र्धनको लागि अमेरिकाको चेम्बर अफ कमर्स सहकार्यको लागि सहमत भएको छ । अमेरिकाको सय वर्ष पुरानो व्यवसायिक संस्था कोर्निङ क्षेत्रको चेम्बर अफ कमर्सले चितवनका ब्यवसायीको दक्षता अभिबृद्धिका लागि चासो देखाएको छ ।
यो चेम्बर अफ कमर्स सन् १९१२ मा स्थापित भएको हो । उद्योगा बाणिज्य संघ चितवनको तर्फबाट चितवनका ब्यवसायी शिरिष पन्तले उक्त चेम्बर अफ कमर्सका अध्यक्ष पेग्गी कोलमनसंग बैठक गरेका थिए । चितवनका ब्यवसायीको लागि तालिमको लागि पेग्गीले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेकी छन् ।उनले चितवन चेम्बरसंग भगिनि सम्बन्ध राख्न इच्छा जाहेर गरेको उद्योग वाणिज्य संघ चितवनका निवर्तमान उपाध्यक्ष शिरिष पन्तले बताए ।
आफ्ना बोर्डका सदस्यसंग छलफल गरेर निर्णय गरेर प्रतिवद्धता जनाएको पन्तले जाकारी दिए । चितवनका ब्यवसायीको लागि तालिमको लागि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेकी छन् । उनले नेपालको पहिचान ढाका टोपी लगाएर सम्मान गरेका थिए । उद्योग बाणिज्य संघ चितवनले प्रकाशित गरेको चितवन टुर गाइड दिएर पन्तले चितवन भ्रमणको निम्तो दिएका थिए ।