काठमाडौं , आज मंगलबार तुलनात्मक रुपमा अन्य दिनभन्दा शेयर बजार घटेपनि सबै भन्दा बढी कारोबार अरुण भ्यालीको भएको छ । आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १ अर्ब १ करोड ५ लाख ७३ हजार ३ सय ८३ रुपैयाँको कारोबार गरेको हो ।
त्यसैगरी अन्य बढी कारोबार गर्ने कम्पनीमा क्रमशः हिमालयन डिस्टिलरी लिमिटेड, अपि पावर कम्पनी, नेपाल बैंक लिमिटेड, गुडविल फाइनान्स, जीवन विकास लघुवित्त, रिडी हाइड्रोपावर, आइसि एफसि फाइनान्स, अरुण काबेली पावर र कामना सेवा विकास बैंक रहेका छन् ।
आज नेप्से परिसूचक ६९।०५ अंकले घटेर २९७५।८४ विन्दुमामा पुगेको छ । मंगलबार नेप्से परिसूचक २।२७ प्रतिशतले घटेको थियो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु