काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले दुई ओटा जलविद्युत आयोजनाको शेयर खरीद गर्ने भएको छ ।
सगरमाथा जलविद्युत् कम्पनीले सञ्चालन गरेको ९ दशमलव ६० मेगावट क्षमताको सुपरमाई ए जलविद्युत आयोजनाको ७६ दशमलव ५८ प्रतिशत र ३ मेगावाट क्षमताको माइखोला क्यास्केड आयोजनाको शतप्रतिशत शेयर खरीद गर्ने निर्णय भएको कम्पनीले मंगलवार नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
मंगलवार बसेको सञ्चालक समितिको बैठकले उक्त आयोजनाको शेयर खरीद गर्ने निर्णय गरेको हो । यी दुबै सुपर माई ए जलविद्युत् र माइखोला क्यास्केड आयोजनाबाट हाल विद्युत् उत्पादन भइरहेको पनि कम्पनीले बताएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु