भरतपुर । नेपाली वित्तीय क्षेत्रमा स्थापित शुक्लागण्डकी ४ दुलेगौंडा तनहुँमा केन्द्रिय कार्यालय रहेको गणपती लघुवित्त वित्तीय संस्थाले कर्मचारी पदपुर्तीको लागि आवेदन माग गरेको छ । बिहीबार सुचना प्रकाशन गर्दै संस्थालै विभिन्न तहका कर्मचारी मागेको हो । उक्त वित्तीय संस्थाको लागि कर्जा अधिकृत, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक, प्रशिक्षार्थी सहायक आवश्यकता परेको सूचनामा उल्लेख छ ।
इच्छुक उम्मेदवारले निवेदनका साथमा हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी सहितको सम्पूर्ण विवरण खुलेको बायोडाटा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र वित्तीय संस्थाको इमेल वा वेबसाइट मार्फत दरखास्त दिन सक्ने गणपति लघुवित्त वित्तीय संस्था लि.को पदपुर्ती समितिले जनाएको छ ।
कर्जा,कर्जा असुली अधिकृतको लागि स्नातक वा सो सरहको परिक्षा उत्तीर्ण गरि सम्बन्धित क्षेत्रमा कम्तिमा २ बर्षको कार्य अनुभव हासिल गरेको वा प्रविणता प्रमाण पत्रतह उत्तीर्ण गरि सम्बन्धित क्षेत्रमा ४ बर्षको कार्य अनुभव हासिल गरेको हुनु पर्नेछ भने कर्जा, असुली विभागमा रहि कार्य गरेकालाई प्राथमिकता दिईने छ ।
यसैगरी बरिष्ठ सहायकको लागि प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेको र लघुवित्त वित्तीय संस्थामा कम्तिमा ४ वर्षको कार्य अनुभव हासिल गरेको हुनु पर्नेछ भने सहायकको लागि प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेको र लघुवित्त वित्तीय संस्थामा एक तह मुनि कम्तिमा १ वर्ष कार्य गरेको वा एस.एल.सि. वा एस.ई.ई.गरी लघुवित्त वित्तीय संस्थामा कम्तीमा २ वर्ष कार्य गरेको हुनुपर्ने छ ।
कनिष्ठ सहायकको लागि प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेको र लघुवित्त वित्तीय संस्थामा १ वर्ष कार्य गरेको वा एस.एल.सि. वा एस.ई.ई.गरी लघुवित्त
वित्तीय संस्थामा कम्तीमा २ वर्ष कार्य गरेको र प्रशिक्षार्थी सहायकको लागि एस.एल.सि. वा एस.ई.ई. पास गरेको हुनुपर्ने छ । कम्प्यूटर सम्बन्धी ज्ञान भएको तथा ग्रामिण क्षेत्रमा गई कार्य गर्न इच्छुकहरुलाई प्राथमिकता दिईने संस्थाले जानकारी दिएको छ ।
आवेदन गर्न कर्जा,कर्जा असुली अधिकृतको हकमा १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको र अन्यको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । साथै महिलाको हकमा थप पाँच वर्ष उमेरको समेत योग्य हुनेछ । सवारी साधन र चालक अनुमतिपत्र भएकोलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ ।