चितवन । छाला, कपाल र नङसम्बन्धी समस्याको उपचारको लागि इलाइट एस्थेटिक क्लिनिक सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित हाकिम चोकमा बुधबारबाट औपचारिक रुपमा क्लिनिक सञ्चालनमा आएको हो । सो क्लिनिक युवा व्यवसायी निकेश बराल र डा. सविन कंडेलको संयुक्त लगानीमा स्थापना गरिएको हो ।
सो अवसरमा बोल्दै प्रबन्ध निर्देशक बरालले सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने उद्धेश्य सहित क्लिनिक सञ्चालनमा ल्याईएको जानकारी दिए । “छाला ,कपाल तथा नङको उपचारको लागि काठमाडौं र विदेशसम्म सेवाग्राही गएको पाईयो”, प्रबन्ध निर्देशक बरालले भने, चितवनमै सेवा दिएर अन्यत्र जाने बाध्यता नरहोस भन्ने पनि हाम्रो उद्धेश्य हो ।” क्लिनिकमा अत्याधुनिक प्रविधिबाट उपचार हुने बरालले बताए । क्लिनिकमा हाइड्राफेसियल, अनुहारको दाग धम्बा चाउरीपना, कपाल राख्ने उमार्ने, छाला परिक्षण, बोटोक्स, जिएफसी , नङको उपचार तथा सौन्दर्य लगायत यौन सम्बन्धीको समेत उपचार हुनेछ । “हामीकहांँ नवीनतम प्रविधिसंँग विशेषज्ञ चिकित्सक, नर्ससहितको निगरानीमा परामर्श तथा उपचार गरिन्छ । ’बरालले भने , त्यस्तै यसका लागि चाहिने औषधि र प्रडक्ट पनि उपलब्ध छन । ”
चितवन मेडिकल हब भएको र यहांँ देशका विभिन्न जिल्लाबाट उपचार गर्न सेवाग्राही आउने भएकोले चितवनमै यो सुविधा शुरु गरिएको डा. कंडेलले बताए । आगामी दिनमा छाला तथा कपाल सम्बन्धी थप उपचारका सेवा पनि शुरु गरिने उनको भनाई छ ।
“पछिल्लो समय छाला, कपाल र नङको समस्या धेरै भएको पाईयो यसमा सेवाग्राही सचेत पनि हुनुहुन्छ डा. कंडेलले भने, चितवनमा यस सम्बन्धी उपचार र परामर्श लिने पनि बढ्नु भएको छ ।”
क्लिनिकले सेवा शुभारम्भको अवसरमा ओपिडीमा २५ प्रतिशत छुट, उपचारमा ३० प्रतिशत र एस्थेटिक उत्पादनमा १० प्रतिशत छुट सुविधा दिएको छ ।