काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको २ करोड कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणतर्फको ६० लाख कित्ता आईपीओ र संस्थापकतर्फको १ करोड ४० लाख कित्तासमेत गरेर कुल २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
नेप्से र कम्पनी बीच धितोपत्र सूचिकरण सभ्झौता भएसँगै बिहीवारबाट कम्पनीको शेयर खरीदविक्री शुरु हुनेछ ।नेप्सेले पहिलो कारोबारको लागि रू. १०३ दशमलव १७ देखि ३०९ दशमलव ५१ ओपन रेञ्ज तोकेको छ ।
पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीको सिम्बोल एसएलआई रहेको छ । कम्पनीले साउन २० गते देखि २४ गतेसम्म ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु