चितवन । एसोसीयसन अफ कन्सल्टेन्सी ईन्जिनियर्स चितवनकोले आयोजना गरेको फुट्सल प्रतियोगिताको उपाधी एसोसीयसन अफ कन्सल्टेन्सी ईन्जिनियर्स चितवन “ए”ले हात पारेको छ । प्रतियोगिताको निर्धारीत समयमा प्रतिस्पर्धी एसोसीयसन अफ कन्सल्टेन्सी ईन्जिनियर्स चितवन “ई” एक ÷एक गोल भएपछि पेनाल्टि सुटआउबाट प्रतियोगीताको बिजेता छनोट गरिएको थियो ।
सुटआउटमा “ए”ले ६ गोल गर्दा “इ” ले ५ गोल गरेर बिजयी भएको हो । बिजयी भएसंगै बिजेताले ४५ किलोको खसी, ट्रफि, र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता समुहले प्रमाणपत्र र मायाँको चिनो प्राप्त गरेका छन् । प्रतियोगितामा चितवनका १७ र गैंडाकोटको एउटा समुह सहभागी भएको थियो । सो अबसरमा म्यान अफ द म्याच, सर्बाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक एबं उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको थियो ।
एसोसीयसन अफ कन्सल्टेन्सी ईन्जिनियर्स चितवनका अध्यक्ष बिष्णु अधिकारीले पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो । आज बिहान उद्घाटन सत्रमा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले खेल क्षेत्रले सबै बिधाका व्यक्तिहरुलाई एकिकृत गरेर लैजान मद्धत पु¥याएको बताउनुभयो । खेल क्षेत्रको बिकासले मात्र राष्ट्रको गरिमा वढ्ने भन्दै उहाँले खेलले मानब स्वास्थ्यलाई समेत स्वस्थ राख्न टेवा पुग्ने बताउनुभयो । उहाँले खेल क्षेत्रको बिकासका लागि महानगरपालिकाले ठूलो लगानी गरेको बताउनुभयो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले खेल क्षेत्रको बिकासका लागि सहज बातावरण बनाउन स्थानीय सरकार लागि परेको बताउनुभयो । खेलले सबैको हित गर्ने उहाँको भनाई थियो । कन्सल्टीङ् इन्जिनीयर तथा बिभिन्न कार्यालयका इन्जीनियर तथा सव इन्जिनीयरहरुको शारिरिक कसरतका लागि आयोजना गरिएको मैत्रीपूर्ण फुट्सल प्रतियोगितामा चितवन र नवलपरासीको गैंडाकोटका गरी १८ वटा टिमको सहभागिता रहेको थियो ।
एसोसियसन अफ कन्सल्टीङ्ग इन्जिनीयर्स चितवनका अध्यक्ष अधिकारीले राष्ट्र निर्माणमा समर्पीत इन्जिनीयरहरुको मैत्रीपूर्ण प्रतियोगिताले भाइचार बढाउन सहयोग पुग्ने बताउनुभयो । प्रतियोगिताले साथीहरुमा एकता वढाउने उहाँले बताउनुभयो । कार्यक्रमका संयोजक इ. खेम बिक्रम थापा , एसोशीयसनका सचिब ई.आकाश शर्मा लगायतले बोल्नुभएको थियो ।