चितवन । शैक्षिक परामर्श संस्था ग्लोबल रिचले यही आउंँदो भदौ २ गते भरतपुरमा शैक्षिक मेला गर्ने भएको छ । हरेक बर्ष जस्तै जनवरी फेब्रुअरी इन्टेकलाई लक्षित गर्दै भरतपुर ओरालो स्थित आफ्नै कार्यालय परिषरमा उक्त मेला गर्न लागेको हो । संस्थाका चितवन शाखा प्रमुख सुरेश पौडेलले अष्ट्रेलिया जाने विद्यार्थी एव अभिभावकलाई कलेजका प्रतिनिधीसंँग प्रत्यक्ष परामर्श दिने उद्धेश्य सहित शैक्षिक मेला गर्न लागिएको जानकारी दिनुभयो । ‘हामीले चितवनमा हरेक बर्ष दुईपटक शैक्षिक मेला गर्दै आएका छौं, उहांँले भन्नुभयो, कलेज तथा युनिभर्सिटीका प्रतिनिधीसंँग प्रत्यक्ष परामर्श गर्न पाउनेछन ।’
शैक्षिक मेलामा ८ वटा युनिभर्सिटी तथा कलेजका प्रतिनिधिले परामर्श दिने उहांँले बताउनु भयो । मेलामा कुनैपनि संकायका व्याचलर देखि पिएचडीसम्मका विद्यार्थीले स्कलरसिप, फि स्ट्रक्चर , कोर्स लगायतका बिषयमा परामर्श लिनसक्ने छन । सहभागी विद्यार्थी तथा अभिभावकलाई मायाको चिनो उपलब्ध गराइने छ । शैक्षिक डकुमेन्ट तयार भएका विद्यार्थीले अन द स्पट एप्लाई गर्न सकिने उहांँले बताउनु भयो ।
साउथ एशियामानै सबैभन्दा बढी युनिभर्सिटी र कलेजसंँग सहकार्य गर्दै आएको ग्लोबल रिच बाट आवेदन दिंँदा विद्यार्थीले आफ्नो छनोट अनुसारको बिषय र युनिभर्सिटीमा अध्ययन गर्ने अवसर प्राप्त गर्ने पौडेलको भनाई छ । मेलामा चितवन, नवलपरासी, मकवानपुर लगायतका विद्यार्थी तथा अभिभावक सहभागी हुनेछन ।
बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मेला सञ्चालन हुने पौडेलले जानकारी दिनुभयो । ग्लोबल रिचले विगत ३४ वर्षदेखि विद्यार्थीलाई सेवा दिंँदै आईरहेको छ भने विगत १९ वर्षदेखि नेपालमा सेवा दिईरहेको छ ।
ग्लोबल रिचको नेपालमा मात्र काठमाडौं, बुटवल, पोखरा, चितवन गरी चारवटा शाखा छन् भने भारत, बंगलादेश, भुटान, श्रीलंका, अष्ट्रलियाका देशहरुमा गरी कुल ४२ वटा शाखा सञ्चालनमा छन् ।
संस्थाले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, बेलायत लगायतका विभिन्न देश जान चाहने विधार्थीहरुलाई शैक्षिक परामर्श, भर्ना प्रक्रिया सहजिकरण, भिसा आवेदनमा सहयोग गर्नुका साथै आइएलटिएस र पिटीईका कक्षाहरु सञ्चालन गरिरहेको छ।