भरतपुर । भरतपुर –२ क्षेत्रपुर चितवनमा रहेको फोब्र्स कलेजले सुदूरपश्चिम विश्वविद्यालयसँग सम्बन्धन लिएर बिबिए कार्यक्रम यस वर्ष देखि सञ्चालन गर्ने भएको छ ।
६६ जनाको कोटा रहेको कार्यक्रममा भर्ना कार्यक्रम सञ्चालन भैरहेको छ । यस वर्षका लागि एक करोड भन्दा बढिको छात्रवृति प्रदान गर्ने कलेजका प्राचार्य हरि शरण पाठकले जानकारी दिनुभयो ।
छात्रवृत्तिबाट जेहेन्ददार, गरिब , जनजाति, शहीद परिवार , अल्पसंख्यक, फÞरक क्षमता भएका आदि विद्यार्थीहरू लाभान्वित हुन सक्ने छन् । साथै पहिलो २० जना भर्ना हुने विद्यार्थीलाई विशेष छात्रवृति रहेको पनि जानकारी प्राचार्य पाठकले बताउनुभयो । समयमा नै कलेजमा सम्पर्क गर्न विद्यार्थी तथा अभिभावकलाई उहांँले आव्हान गर्नुभयो । भरतपुर २ मा रहेको यो कलेजले झण्डै एक दशकदेखि स्नातकोत्तर तहमा बिएचम, बिबिए, बिएससी सिआइसटी संकायमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।
कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षा मात्र नभई प्रयोगात्मक शिक्षा , अतिरिक्त क्रियाकलाप , इण्डस्ट्रीयल एक्सपोजर , व्यक्तिगत विकास, बिजÞनेस स्टार्टअप आदिको माध्यमबाट अध्यापन गराउने र पास भएका सम्पूर्ण विद्यार्थीहरूलाई आफ्नै व्यवसाय गर्न ,रोजगारी प्राप्त गर्न विभिन्न संघ , संस्था आदि संग समन्वय गरी सहयोग गर्रनकलेजले जनाएको छ।