नारायणगढ । आई स्टडी ग्लोबल चितवनले नयाँ व्यवस्थापनसहित औपचारिकरूपमा सेवा सुरू गरेको छ । नारायणगढको शहीदचोकस्थित आई स्टडी ग्लोबल चितवनको औपचारिक सेवा शुभारम्भ भएको हो ।
युवा व्यवसायी तथा प्रबन्ध निर्देशक महेश लामिछानेको जन्मदिनको अवसर पारेर शुक्रबारदेखि सेवा प्रारम्भ गरिएको हो । नयाँ व्यवस्थापनले यसअघि नै सेवा सुरू गरे पनि शुक्रबारदेखि औपचारिकरूपमा सेवा सुरू गरिएको प्रबन्ध निर्देशक लामिछानेले बताए ।
सेवा शुभारम्भकै अवसरमा छिट्टै भव्य कार्यक्रम आयोजना गर्ने पनि उनले बताए । उच्च शिक्षाका लागि अस्ट्रेलिया, क्यानडा, अमेरिका, युके, जापानलगायतका देशमा जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै सेवा सुरु गरिएको लामिछानेले जानकारी दिए ।
शैक्षिक क्षेत्रमा १७ वर्ष लामो अनुभवपछि कन्सल्टेन्सी क्षेत्रमा हात हालेको उनले बताए । उच्च शिक्षा अध्ययनमा जान चाहने वियार्थीहरुलाई उचित परामर्श र भाषा कक्षालाई जोड दिइएको उनको भनाइ थियो । लामिछानेले लामो समयदेखि ब्रिज कोर्षका लागि द जिएमआई एकेडेमी सञ्चालन गरिरहेका छन् भने हालैमात्र नेपाल भारत मैत्री अस्पताल (शिक्षण कलेज)को शैक्षिक निर्देशकको रुपमा पनि नियुक्त भएका छन् ।
कन्सल्टेन्सीका ब्रान्च म्यानेजर रोशन प्रधानले सुविधासम्पन्न ल्याबसहित कक्षाहरु सञ्चालन भइरहेको बताए । प्रधानले अस्ट्रेलियाको पर्थमा मुख्य कार्यालय रहेको आई स्टडी ग्लोबलको काठमाडौँ र चितवन गरी नेपालमा दुईवटा शाखा रहेको बताए । नेपालका अन्य सहरमा पनि शाखा विस्तार गर्ने योजना रहेको उनले सुनाए । आई स्टडी ग्लोबलले सुरुवातदेखि भाषा कक्षा र उचित परामर्शलाई जोड दिँदै आएको उनको भनाइ छ ।