चितवन । पुर्वेली समाज चितवनले आफ्नो १९ औ स्थापना दिवस एक बिशेष कार्यक्रम गरि मनाएको छ ।
पुर्वेली समाज चितवनले आफ्नो १९ औ स्थापना दिवस एक बिशेष कार्यक्रम गरि मनाएको छ । आज भरतपुर महानगरपालिका १२ मा अन्तरक्रिया, रचनाबाचन तथा चियापान कार्यक्रम गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि पदम बहादुर गुरुङले पुर्वेली समाज पुर्वेलीहरुका लागि सुख दुःखको साथी बनेको बताउनुभयो । छरिएर बसेका पुर्वेलीहरुलाई समाजले एक ठाउमा जोडदा एउटै पारिवारिक माहोल बनेको उहांँको भनाइ छ ।
पुर्वेली समाजमा नेपालका सुदुर पुर्बि जिल्लाहरु ताप्लेजुङ, पान्थर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरि, धन्कुटा लगायतका बिभिन्न जिल्लाहरुबाट चितवनमा आई बसोबास गर्ने ब्यक्तिहरु जोडिएका छन । बिभिन्न जिल्लाबाट बिभिन्न् सिलसिलामा चितवन आइ बसिरहेकाहरुलाई एक ठाउंँमा जोड्ने उदेश्यका साथ समाज स्थापना भएको हो ।
समाजका सस्थापक अध्यक्ष डा तिलचन्द्र भट्टराईले केही ब्यक्तिहरुको सल्लाहबाट स्थापना भएको समाज अहिले बिसाल परिवार बनेकोमा खुशी व्यक्त गर्नुभएको थियो ।
समाजमा अहिले ३५० जना भन्दा धेरै सदस्यहरु जोडिएको अध्यक्ष तेज प्रसाद चुंँडालले बताउनुभयो । जसमध्ये ७५ जना आजिबन सदस्य रहेका छन । चुडालका अनुसार पुर्बबाट बसाईसरि चितवन नबलपुरमा स्थाई रुपमा बसोबास गर्ने, व्यावसाय, अध्ययन तथा रोजगारिका क्रममा बसिरहेका ब्यक्तिहरु समाजका सदस्यहरु हुन ।
समाजले बिभिन्न अवसरमा पुर्बेलिहरुबिच अन्तरघुलन हुने कार्यक्रम गर्नुका साथै पुर्बेलिहरुको सुख दुखमा समेत साथ सहयोग गर्दै आएको सचिब पदम अर्यालले बताउनुभयो ।
कार्यक्रममा समाजका सल्लाहकारहरु पदम गुरुङ, डा भट्टराई, नरेन्द्र कन्दङ्वा, डिआर पोख्रेल, टन्क काफ्लेको आतिथ्यता रहेको थियो । यस्तै समाजका कोषअध्यक्ष भविन्द्र कन्दङ्वा तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।